6 years ago
August 31, 2019
एजेन्सी – इन्जुरी समयमा कर्ट जुमाले आत्मघाती गोल गरेपछि सिफिल्ड युनाइटेडले चेल्सीलाई २–२ को बराबरीमा रोकेको छ । १९ औं मिनेटमा ट्यामी अब्राहमको गोलबाट चेल्सीले अग्रता लिएको थियो ।

पहिलो हाफका लागि २ मिनेट बाँकी रहँदा अब्राहमले अर्को गोल गरेपनि चेल्सीले पहिलो हाफमा बलियो पकड बनाएको थियो । दोस्रो हाफको पहिलो मिनेटमै क्यलम रबिन्सनको गोलबाट सिफिल्ड खेलमा फर्केको थियो ।
तर, चेल्सीको दुर्भाग्य त्यति बेला भयो, जति बेल खेल सकिने क्रममा थियो । खेलमा एक मिनेट बाँकी रहँदा जुमाको आत्मघाती गोलमा चेल्सी अंक बाढ्न बाध्य भयो । ४ खेलमा चेल्सीको मात्र ५ अंक छ ।
४ खेलमा टोलीले १ जित, २ बराबरी र १ खेलमा हार बेहोरेको छ । जसका कारण नयाँ प्रशिक्षक फ्रान्क लाम्पार्डमाथि दबाब बढ्दो छ । सिफिल्डको पनि ५ अंक पुगेको छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]