6 years ago
August 31, 2019
एजेन्सी- प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले उच्च प्रदर्शनलाई निरन्तरता दिने क्रममा शनिबारको खेल जितेको छ । शनिबार घरेलु मैदानमा सिटीले ब्राइटन एन्ड होभ अल्बियोनलाई ४–० को फराकिलो अन्तरले हराउँदै अपराजित यात्रालाई निरन्तरता दिएको छ ।

टोलीको जितमा सर्जियो अगुएरोले २ तथा केभिन डि ब्रुएन र बर्नान्डो सिल्भाले समान १-१ गोल गरे । खेल सुरु भएको ७० सेकेन्डमा नै सिटीले गोलको खाता खोलेको थियो । डेभिड सिल्भाको पासमा डि ब्रुएनले गोल गरेका थिए ।
डि ब्रुएनको पासमा इन्जुरी समयको ठिक अगाडि अगुएरोले गोल गरेका थिए । अगुएरोले ५५ औं मिनेटमा अर्को गोल गरे । परिवर्तित बर्नार्डो सिल्भाले ७९ औं मिनेटमा गोल गर्दै टोलीको गोलको अन्तर बढाएका थिए । ४ खेलमा ३ जित र १ बराबरीका साथ १० अंकसहित शीर्षस्थानमा रहेको छ । अल्बियोनको ४ खेलमा ४ अंक छ ।
प्रिमियर लिगमा शनिबारका अन्य खेलमा क्रिस्टिल प्यालेसले १–०, लेचेस्टर सिटीले एएफसी बोर्नेमाउथलाई ३–१, वेस्टह्याम युनाइटेडले नर्विच सिटलाई २–० ले हराएको थियो भने न्युक्यासल युनाइटेड र वार्टफोर्डबीचको खेल १–१ को बराबरीमा सकिएको थियो । चेल्सी सेफिल्ड युनाइटेडसँग २–२ को बराबरीमा रोकियो भने त्यसअघि म्यानचेस्टर युनाइटेड र साउथह्याम्पटनले १–१ को बराबरी खेलेका थिए ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]