default_image

6 years ago

September 1, 2019

विश्व कप छनोट –फुटबल टोली कुवेत तर्फ

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको पहिलो खेलका लागि राष्ट्रिय फुटबल टोली आइतबार कुवेत प्रस्थान गरेको छ । नेपाल र कुवेतबीच भदौ १९ गते खेल हुँदैछ । टोलीलाई एन्फाले औपचारिक विदाई शुक्रबार नै गरेको थियो ।

पहिलो खेलको तयारीका लागि टोलीले मलेसिया भ्रमण गरेको थियो । मलेसियाको लिग च्याम्पियन टोलीसँगको मैत्रीपूर्ण खेल नेपाली टोलीले १–० ले गुमाएको थियो । त्यो खेलको कप्तान सुजल श्रेष्ठले गरेका थिए ।

नियमित कप्तान विराज महर्जन, सिनियर खेलाडी भरत खवास र गोलकिपर किरण चेम्जोङ टोलीमा नहुँदा सुजलले मैत्रीपूर्ण खेलमा सुजलले कप्तानी गर्ने मौका पाएका थिए । कुवेतका लागि विराज टोलीमा छैनन् । विराज नहुँदा राष्ट्रिय फुटबल टोलीको कप्तान को हुने अझै निश्चित भइसकेको छैन ।

प्रशिक्षक कालीनले कप्तानको जिम्मेवारी टुंगो नलागेको र त्यसलाई ठूलो विषय बनाउन नपर्ने बताएका थिए । यद्दपी झन्डा ग्रहण गर्ने क्रममा भने उपकप्तान किरण मञ्चमा गएका थिए । कालिनले सबै २३ खेलाडी नै आफ्नो लागि कप्तान सरह रहेको बताएका थिए । विश्व कप छनोटमा नेपाल, कुवेतसहित अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपे रहेका छन् ।

नेपाली फुटबल टोली

गोलकिपर – किरण चेम्जोङ (कप्तान), विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डस – सरोज दाहाल, अजित भण्डारी, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्ड – रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
फरवार्ड – विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.