6 years ago
September 1, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा साविक विजेता बार्सिलोना बराबरीमा रोकिएको छ । अोसासुनाको घरेलु मैदानमा बार्सिलोना २-२ को बराबरीमा रोकिएको हो ।

खेलको सातौं मिनेटमा नै घरेलु टोलीले अग्रता लिएको थियो । रोबर्टो टोरेसले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा ब्रान्डन थोमसको क्रसलाई भलीमा गोल गरे । कप्तान लियोनेल मेसी, लुइस सुआरेज र अोस्मान डेम्बेलेविनाको बार्सिलोनाले पहिलो हाफमा उल्लेख्य आक्रमण बुन्न सकेन ।
दोस्रो हाफमा भने बार्सिलोना खेलमा फर्कियो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका १६ वर्षीय अन्सु फातीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । उनले ५१ अौं मिनेटमा कार्लोस पेरेजको क्रसमा हेडर गोल गरेका थिए । यस गोलसँगै फाती बार्सिलोनाका लागि ला लिगामा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी भए ।

खेलको ६४ अौं मिनेटमा अर्का वैकल्पिक खेलाडी आर्थरले गोल गरे । पेरेजकै पासमा उनले पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्दै अग्रता दिलाए । तर निर्धारित समयभन्दा १० मिनेटअघि अोसासुनाले पेनाल्टी मार्फत बराबरी गर्यो । टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए ।
यस नतिजासँगै ३ खेलमा ४ अंक जोडेको बार्सिलोना अंक तालिकाको सातौं स्थानमा रहेको छ । अोसासुना भने ३ खेेलमा ५ अंकसहित पाँचौ स्थानमा छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]