6 years ago
September 1, 2019
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबार राती डिफेन्डीङ च्याम्पियन युभेन्टसले रोमान्चक खेलमा नेपोलीलाई ४-३ ले पराजित गरेको छ ।

खेलमा ३-० ले अगाडि बढेको युभेन्टस एक समय ३-३ को बराबरीमा आइपुगेपनि अन्तिम मिनेटमा नेपोलीका कालिडु कौलीबालिले आत्मघाती गोल गरेपछि जित सम्भव भएको थियो । खेलको १६ औं मिनेटमा डेब्यु गरिरहेका ड्यानीलोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । उनले काउन्टर अट्याकमा डग्लस कोस्टाको क्रसलाई गोलमा परिणत गरे । त्यसको तीन मिनेटमा नै नेपोलीका पूर्व खेलाडी गोन्जालो हिगुआइनले अग्रता दोब्बर पारे ।
दोस्रो हाफको ६२ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले सिजनको पहिलो लिग गोल गरेपछि युभेन्टस ३-० को अग्रतामा पुगेको थियो । उनलाई कोस्टाले नै असिस्ट दिएका थिए । कोस्टास मानोलासले ६६ औं मिनेटमा मारियो रुईको क्रसमा हेडर गोल गर्दै खेलमा फर्कने सम्भावना देखाए । त्यसको २ मिनेटमा नै हर्भीङ लोजानोले नेपोलीका लागि पहिलो गोल गर्दै ३-२ को स्थितिमा ल्याए । उनले मारियो रुईको क्रसमा नै गोल गरे ।
नेपोलीले ८१ औं मिनेटमा युभेन्टसको खराब डिफेन्सको फाइदा उठाउँदै खेल बराबरीमा ल्यायो । फ्रिकिकमा आएको बललाई डिफेन्डर म्याथिस डे लिग्टले क्लियर गर्न नसक्दा डी लोरेन्जोले बराबरी गोल फर्काए । खेल बराबरीतर्फ बढ्ने देखिँदा इन्ज्युरी समयमा कौलीबालिले आत्मघाती गोल गरे । पाउलो डिबालाको फ्रिकिक क्लियर गर्ने प्रयासमा उनको प्रहार आफ्नै पोस्टमा छिरेको थियो ।
लगातार दोस्रो जितसँगै युभेन्टसले शीर्षस्थानमा स्थान बनाएको छ । नेपोली भने पहिलो खेल जितेपछि दोस्रोमा भने पराजित भयो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]