default_image

6 years ago

September 1, 2019

महिला फुटबल : दोस्रो चरणमा ३२ खेलाडी छनोट

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदका लागि नेपाली महिला राष्ट्रिय टोलीमा दोस्रो चरणमा ३२ खेलाडी छनोट भएका छन् ।

सागका लागि दोस्रो चरणमा छनोट हुने खेलाडीबाट नै किर्गिस्तानमा आयोजना हुने नादेझ्दा कप का लागि २३ सदस्यीय टोली छनोट हुनेछ । मुख्य प्रशिक्षक हरि खड्काले विगत २ महिनादेखि टोलीलाई नियमित प्रशिक्षण दिइरहेका छन् । यसै टोलीबाट नेपालमा डिसेम्बर १ देखि १० सम्म हुने सागका लागि टोली छनोट हुनेछ । नादेझ्दा कप भने सेप्टेम्बर ८ देखि १२ सम्म हुनेछ ।

३२ सदस्यीय टोली :

गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर, उषा नाथ, रविता राई
डिफेन्डर : हिराकुमारी भुजेल, गीता राना, मनमाया लिम्बु, निशा थोकर, पुनम जर्घामगर, विमला बिक, पुजा राना, रोजिना श्रेष्ठ, घिमकुमारी गुरुङ, अमृता जैशी, कविता धिमाल
मिडफिल्डर : मन्जलीकुमारी योन्जन, रेनुका नगरकोटे, अनिता बस्नेत, इन्दिरा राई, विमला चौधरी, दिपा राई, सपना लामा, शर्मिला थापा, सबिता रानामगर, प्रिती राई, सरु लिम्बु
फरवार्ड : सावित्रा भण्डारी, अनिता केसी, रेखा पौडेल, निरु थापा, कृष्णा खत्री, रश्मीकुमारी घिसिङ

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.