default_image

6 years ago

September 1, 2019

सागका लागि दोस्रो चरणमा ३२ खेलाडी

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू २३ पुरुष टोलीको तयारी एक महिना अघि नै सुरु भएको थियो ।

पहिलो चरणमा ४५ खेलाडी डाकिएको थियो । बालगापाल महर्जनको प्रशिक्षणमा रहेको टोली ४५ बाट आइतबार ३२ खेलाडीमा झारिएको छ । सागको यू २३ टोलीमा २३ वर्षभन्दा माथिका ३ जना खेलाडी राख्न पाउने प्रावधान छ । त्यसका लागि डाकिएका सिनियर ५ खेलाडी अहिले ३२ भित्र परेका छन् ।

महर्जनले सिनियर टोलीका गोलकिपर किरण चेम्जोङसहित, विक्रम लामा, रोहित चन्द, सुजल श्रेष्ठ र नवयुग श्रेष्ठलाई यथावत राखेका छन् । सागमा सन् २००४ को नवौं संस्करणबाट यू २३ टोलीबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल सागको साविक विजेता हो ।

दोस्रो चरणमा छनोट हुने खेलाडी

गोलकिपर – किरण चेम्जोङ, रोमन रसाइली, अपर्ण कार्की, दीप कार्की, देव लिम्बु

रक्षक – रोहित चन्द, असिम भुसाल, अनन्त तामाङ, दीनेश राजवंशी, विकास खवास, छिरिङ गुरुङ, ,रोमन लिम्बु, सुमन अर्याल

मिडफिल्ड – हेमन्त थापा मगर, सेसेहाङ आङदम्बे, नीतिन थापा, अरिक विष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दीपेश आले मगर, अन्जन विष्ट, सुनिल बल, रामचन्द्र वाजी, तेज तामाङ, मिक्छेन तामाङ

फरवार्ड – विमल घर्तीमगर,राजेश परियार, नवयुग श्रेष्ठअभिषेक रिजाल, प्रेजेन तामाङ, रेजिन सुब्बा, राजिभ लोचन,

३२ मा नपर्ने
गोलकिपर – प्रदीप भण्डारी, अभिषेक बराल
डिफेन्डर – विश्वास उदास, अमित तामाङ, राजन गुरुङ, गौरव बुढाथोकी,
मिडफिल्ड – रोशन पहारी, पुजन उपरकोटी, विजय श्रेष्ठ, अशोक थापा
फरवार्ड – धिरज श्रेष्ठ, सुसान श्रेष्ठ, अरुज श्रेष्ठ

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.