6 years ago
September 1, 2019
एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमार अन्तत: फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मै रहने भएका छन् । स्पेनिस लिगका दुई महारथी रियल म्याड्रिड र बार्सिलोनाले उनलाई अनुबन्ध गर्ने औपचारिक प्रस्ताव गरेपनि पीएसजीले स्वीकार नगरेपछि नेयमारले क्लब नछाड्ने भएका हुन् ।

नेयमारले आफ्नो एजेन्ट र परिवारलाई आफू पीएसजी छाडेर अन्यत्र जाने सम्भावना नरहेको बताएका छन् । ट्रान्सफर विन्डोको एक दिन मात्र समय बाँकी रहेको अवस्थामा बार्सिलोनाले अब अर्को प्रस्ताव अगाडि नसार्ने भएकाले नेयमार कम्तिमा पनि जनवरीसम्म पेरिसमा रहने भएका हुन् । नेयमारले आफ्नै तर्फबाट पनि बार्सिलोना जाने प्रयास गरेपनि पीएसजीले प्रस्ताव स्वीकार नगरेपछि उनी क्लबमा रहन बाध्य भएका हुन् ।
यससँगै नेयमारले पीएसजीका लागि अब हुने खेलहरु खेल्ने भएका छन् । प्रशिक्षक थोमस टुचेलले नेयमारको स्थिति प्रष्ट नहुँदासम्म उनलाई टोलीमा आबद्ध नगर्ने भन्दै खेलमा समावेश गरेका छैनन् । नेयमारले अब अन्तर्राष्ट्रिय ब्रेकपछि नियमित रुपमा पहिलो टोलीसंग प्रशिक्षण र खेल खेल्नेछन् । यद्यपि च्याम्पियन्स लिग अन्तर्गत समूहको पहिलो खेलमा भने नेयमारले रियल म्याड्रिडविरुद्ध खेल्न पाउने छैनन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]