6 years ago
September 2, 2019
एजेन्सी – वेल्स फरवार्ड ग्यारेथ बेलले दुई गोल गरेपनि स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल म्याड्रिड र भिल्लारियलले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

घरेलु टोली भिल्लारियलले खेलमा दुई पटक अग्रता बनाएपनि बेलले दुवै पटक बराबरी गोल फर्काएका थिए । खेलको १२ अौं मिनेटमा जेरार्ड मोरेनोले भिल्लारियललाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा ड्यानी कार्भाजलको पासमा बेलले बराबरी गोल फर्काए ।
दोस्रो हाफको ७४ अौं मिनेटमा मोइ गोमेजले गोल गर्दै खेलमा पुनः भिल्लारियललाई अगाडि बढाए । तर निर्धारित समयभन्दा ४ मिनेट अघि बेलले लुका मोड्रिचको पासमा गोल गर्दै हार टार्न सफल रहे । दुई गोल गरेका बेलका लागि खेलको अन्त्य भने सुखद रहेन । दुई मिनेटको अन्तरमा दोहोरो पहेंलो कार्ड खाँदै बेल मैदानबाट बाहिरिएका थिए ।

यस बराबरीसँगै रियल ३ खेलमा ५ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । शीर्षस्थानमा ३ खेलमा ९ अंक जोडेको एट्लेटिको म्याड्रिड छ । एट्लेटिकोले आइतबार एइबारमाथि ३-२ को रोमान्चक जित दर्ता गरेको थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]