6 years ago
September 2, 2019
एजेन्सी – एटलेटिको म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । आइतबारको खेलमा एइबारलाई ३-२ गोलअन्तरले पराजित गर्दै एटलेटिको शत प्रतिशत जित नतिजासहित लिगको शीर्षस्थानमा पुगेको हो ।

पाहुना टोली एइबारले पहिलो हाफमै २-० को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पराजय भोग्नुपर्यो । खेलको आठौँ मिनेटमा फाबियन ओरेलानाको क्रसमा चार्ल्सले हेडरमार्फत गोल गर्दै एइबारलाई अग्रता दिलाए । १९ औं मिनेटमा अनैत्ज अर्बिल्लाले एइबारको अग्रता दोब्बर पारेका थिए । खेलको २७ औं मिनेटमा टिनएज स्टार जोआओ फेलिक्सले एटलेटिकोलाई खेलमा फर्काए । उनले डिएगो कोस्टाको पासलाई गोलमा परिणत गर्दै अग्रता घटाए ।
दोस्रो हाफको ५२ औं मिनेटमा एटलेटिकोले खेल बराबरीमा ल्यायो । दोस्रो हाफमा मैदान प्रवेश गरेका भिटोलोले रोमन लोडिको पासमा गोल गरेका थिए । त्यसपछि डिएगो कोस्टाले दुई पटक बल गोलपोस्टभित्र छिराएपनि रेफ्रीले त्यसलाई अफसाइड भएको भन्दै मान्यता दिएनन् । खेलको अन्तिम मिनेटमा अर्का वैकल्पिक खेलाडी थोमस पार्टेले डिफेन्डरलाई छक्याउँदै गरेको प्रहार गोलमा परिणत भएपछि घरेलु टोली विजयी रहयो ।

लिगको तेस्रो खेल सकिंदा एटलेटिको शत प्रतिशत जित दर्ता गर्न एकमात्र टोली हो । बार्सिलोना र रियल म्याड्रिडले भने जारी सिजन अपेक्षित सुरुवात गर्न सकेका छैनन् । एटलेटिको ९ अंकसहित शीर्षस्थानमा रहँदा ५ अंक जोडेको रियल पाँचौ र ४ अंक बोकेको बार्सिलोना आठौं स्थानमा छन् । समान ७-७ अंक जोडेका एथ्लेटिक बिल्बाओ र सेभिल्ला शीर्ष ३ मा अटाएका छन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]