default_image

5 years ago

September 9, 2019

पहिलो हाफमा उज्बेकिस्तानलाई अग्रता

85 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नादेझ्दा कप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल र उज्बेकिस्तान भिडिरहेका छन् । पहिलो हाफको खेल सकिंदा नेपाल १-० ले पछाडी रहेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले खेलको ३४ औं मिनेटमा गोल खाएको हो । उज्बेकिस्तानको डिफेन्डरले दिएको लामो पासलाई नेपाली डिफेन्सले रोक्न नसक्दा उज्बेकिस्तानकी फरवार्डले गोल गर्दै अग्रता लिन सफल भइन् । उनको पहिलो प्रहार गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले वन भर्सेस वन स्थितिमा बचाएपनि रिबाउन्डमा आएको प्रहार खाली पोस्टमा गोल भएको थियो ।

नेपालले खेलको १४ औं मिनेटमा नै कप्तान निरु थापालाई गुमाएको थियो । मिडफिल्डमा बलका लागि जुध्ने क्रममा विपक्षी खेलाडीसँग ठोकीपछि उनलाई चोट लागेको थियो । स्ट्रेचरमा मैदानबाहिर लगेपछि उनको स्थानमा सरु लिम्बू मैदान प्रवेश गरेकी हुन् । टोलीको कप्तानी मिडफिल्डर रेनुका नगरकोटेले सम्हालेकी छिन् । इन्ज्युरी समयको तेस्रो मिनेटमा उज्बेकिस्तानकी खेलाडीको प्रहार क्रसबारमा लगेर फर्कंदा नेपाल भाग्यमानी भएको थियो ।

यस खेलमा जित हात पार्ने टोली अंक तालिकाको शीर्षस्थानमा उक्लँदै फाइनल पुग्ने सम्भावना बलियो हुनेछ । आजै हुने दोस्रो खेलमा आयोजक किर्गिस्तान र ताजिकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

December 15, 2024

राष्ट्रिय जागृतिसँग झापा ११ को हार

हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

Success

Thank you for your time.