default_image

6 years ago

September 10, 2019

चाइनिज ताइपेविरुद्ध नेपालको अग्रता

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीले विश्व कप छनोट अन्तर्गतको आफ्नो दोस्रो खेलमा चाइनिज ताइपेविरुद्ध अग्रता लिएको छ । पहिलो रोजाईमा मौका पाएका अन्जन विष्टको गोलमा नेपालले अग्रता लिएको हो । अन्जनले तेस्रो मिनेटमा फ्रिकिक मार्फत गोल गरेका हुन् ।

कुवेतविरुद्धको पहिलो खेलबाट प्रशिक्षक योहान कालिनले तीन खेलाडी परिवर्तन गरेका थिए । त्यसमध्ये अन्जन एक थिए । प्रशिक्षकको विश्वासमाथि अन्जन खरो उत्रेका छन् । अघिल्लो खेलमा चोट लागेका डिफेन्डर अजित भण्डारीको स्थानमा दिनेश राजवंशीले आजको खेलमा मौका पाएका छन् ।

सुमन अर्यालको स्थानमा रजिन धिमाल पहिलो रोजाईमा पर्न सफल भएका छन् । मिडफिल्डर विक्रम लामाको स्थानमा अन्जनलाई मौका दिइएको थियो । कुवेतविरुको पहिलो खेलमा ७–० को लज्जास्पदक हार बेहोरेको नेपालले आज भने बलियो सुरु वात गरेको छ । नेपाल, चाइनिज ताइपे रहेको समूहमा अस्ट्रेलिया, जोर्डन र कुवेत छन् ।

नेपालको सुरुवाती ११ – किरण चेम्जोङ (कप्तान, गोलकिपर), दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, विशाल राई, रोहित चन्द, अन्जन विष्ट, रवी पासवान, सुजल श्रेष्ठ, विमल घर्तीमगर

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.