6 years ago
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीले विश्व कप छनोट अन्तर्गत चाइनिज ताइपेविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । पहिलो हाफको समाप्तीमा नेपाल १–० ले अगाडि रहेको छ ।
अन्जन विष्टको गोलमा नेपालले अग्रता लिएको थियो । पहिलो रोजाईमा मौका पाएका अन्जनले तेस्रो मिनेटमा प्राप्त फ्रिकिकलाई गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए । विश्व कप छनोटको आफ्नो पहिलो खेलमा कुवेतसँग ७–० लज्जास्पद हार बेहोरेको नेपाली टोलीले आज सुधारिएको प्रदर्शन गर्दै चाइनिज ताइपेविरुद्ध उसकै मैदानमा अग्रता लिएको छ ।
प्रशिक्षक योहान कालिनले कुवेतविरुद्धको पहिलो खेलमा सुरुवाती ११ मा परेका खेलाडी मध्येबाट तीन खेलाडी परिवर्तन गरेका छन् । त्यसमध्ये अन्जन एक हुन् । अन्जनले आफुलाई दिएको मौकामा खरो उत्रने प्रयास गरेका छन् । भदौ १९ गते कुवेतसँगको खेलमा चोट लागेका अजित भण्डारीको ठाँउ आजको खेलमा दिनेश राजवंशीले लिए ।
त्यस्तै अर्का डिफेन्डर सुमन अर्यालको ठाँउमा कालिनले रजिन धिमाललाई मौका थिए । त्यस्तै विक्रम लामाको ठाँउमा मिडफिल्डमा अन्जनले मौका पाए । नेपाल, चाइनिज ताइपे रहेको विश्व कप छनोटको समूहमा जोर्डन, अस्ट्रेलिया र कुवेत छन् ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]