6 years ago
September 11, 2019
एजेन्सी – कतार विश्वकप २०२२ तथा २०२३ एसियन कपको छनोटको दोस्रो चरणको खेलमा एसियन पावर हाउस अस्ट्रेलियाले कुवेतलाई सहजै पराजित गरेको छ ।
नेपाल रहेको समूह ‘बी’ मा अस्ट्रेलियाले कुवेतलाई ३–० ले सहजै पराजित गरेको हो । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो । अवे मैदानमा अस्ट्रेलियाको जितमा म्याथ्यु लेक्कीले दुई तथा आरोन मोयले १ गोल गरे ।
अल कुवेत स्पोर्टस् क्लब स्टेडियममा मंगलबार राति भएको खेलमा अस्ट्रेलियाले खेलको सातौं मिनेटमा म्याथ्यु लेक्कीको गोलबाट अग्रता लिएको थियो । ३०औं मिनेटमा लेक्कीले व्यक्तिगत दोस्रो गोल गर्दै अस्ट्रेलियाको अग्रता दोब्बर बनाए । जर्मन क्लब हर्था बर्लिनबाट खेल्ने लेक्कीको स्तरलाई कुवेती खेलाडीले रोक्न सकेनन् ।
३८औं मिनेटमा आरोन मोयले गोल गरेपछि अस्ट्रेलिया पहिलो हाफमै ३–० ले अघि बढेको थियो । मोय र गोलरक्षक म्याट रायन प्रिमियर लिग क्लब ब्राइटन एण्ड होभ आल्बियनबाट खेल्दै आएका छन् । दोस्रो हाफमा दुवै टोलीले गोलको प्रयास गरेपनि गोल निस्कन नसक्दा अस्ट्रेलिया ३–० ले विजयी हुन सफल भयो । पहिलो खेलमा कुवेतले नेपालमाथि ७–० को फराकिलो जित निकालेको थियो । तर, मंगलबार राति अस्ट्रेलियाविरुद्ध कमजोर देखिएको थियो ।
जितसँगै अस्ट्रेलिया १ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा छ । दुई खेलबाट ४ अंक जोडेको कुवेत गोल अन्तरमा अस्ट्रेलियाभन्दा अघि छ ।
नेपाल ३ अंक जोडेर तेस्रो तथा अंकविहीन चाइनिज ताइपेइ पुछारमा छ । नेपालले अन्जन विष्टको दुई गोल सहयोगमा मंगलबार चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो ।
विश्वकपको लागि एसिया क्षेत्रको अन्य खेलको नतिजाहरु
समूह ‘ए’ :
गुआम विरुद्ध फिलिपन्स (१–४)
माल्दिभ्सविरुद्ध चीन (०–५)
समूह ‘सी’
कम्वोडिया विरुद्ध बहराइन (०–१)
हङकङविरुद्ध इरान (०–२)
समूह ‘डी’
सिंगापुरविरुद्ध प्यालेस्टाइन (२–१)
यमनविरुद्ध साउदी अरेविया (२–२)
समूह ‘ई’
अफगानिस्तानविद्ध बंगलादेश (१–०)
कतार विरुद्ध भारत (०–०)
समूह ‘एफ’
मंगोलियाविरुद्ध ताजिकिस्तान (०–१)
म्यानमारविरुद्ध जापान (०–२)
समूह ‘जी’
इन्डोनेसियाविरुद्ध थाइल्यान्ड (०–३)
मलेसियाविरुद्ध युएई (१–२)
समूह ‘एच’
श्रीलंकाविरुछ नर्थ कोरिया (०–१)
तुर्केमिनिस्तनविरुद्ध साउथ कोरिया (०–२)
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]