default_image

6 years ago

September 11, 2019

फुटबल टोली स्वदेश फर्कियो

158 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोली सन् २०२२ को फिफा विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेल खेलेर स्वदेश फर्किएको छ ।

नेपाली टोली बुधबार राति विमानस्थल अवतरण गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ट उपाध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतका पदाधिकारीले स्वागत गरेका थिए । नेपाली टोलीसँग मिडफिल्डर रोहित चन्द भने स्वदेश फर्किएनन् । उनी व्यवसायिक क्लब फुटबल खेल्न आफ्नो क्लब जकार्ता पुगेका छन् ।

मंगलबार ताइवानमा सम्पन्न खेलमा नेपालले चाइनिज ताइपेइलाई २-० ले पराजित गरेको थियो । नेपालको जितमा दुवै गोल अन्जन विष्टले गरेका थिए । पहिलो हाफको तेस्रो मिनेटमा सुजल श्रेष्ठको फ्रिकिकमा हेडरमार्फत गोल गर्दै उनले सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको ६२ औं मिनेटमा उनले सुजलकै पासमा सानदार गोल गरेका थिए ।

नेपालले त्यसअघि पहिलो खेलमा कुवेतसँग ७-० को हार बेहोरेको थियो । समूहको अन्य खेलमा जोर्डनले चाइनिज ताइपेइलाई २-१ ले हराएको थियो । मंगलबार सम्पन्न दोस्रो खेलमा अष्ट्रेलियाले कुवेतमाथि ३-० को सहज जित दर्ता गरेको थियो । अंक तालिकामा नेपालसहित ४ टोलीको ३-३ अंक रहेको छ । दुवै खेलमा हार बेहोरेको ताइपेइ अंकविहिन रहेको छ ।

नेपालले अक्टोबर १० मा अष्ट्रेलियासँग क्यानबेरास्थित जिओ रंगशालामा खेल्नेछ । त्यसपछि अक्टोबर १५ मा जोर्डनसँग खेलेपछि नेपालको अवे खेल सकिनेछ । समयमा नै दशरथ रंगशाला तयार भएको अवस्थामा नेपालले बाँकी चारै खेल घरेलु मैदानमा खेल्नेछ ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.