6 years ago
September 12, 2019
पोखरा( हाम्रो खेलकुद)– कास्की जिल्लाको लिग च्याम्पियनसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली युवा टोलीले अर्को महिना स्वदेशमा आयोजना हुने साफ यू १८ च्याम्पियनसिपको तयारी गरिरहेको छ । प्रशिक्षणका लागि भन्दै भदौ २३ गते पोखरा पुगेको टोलीले बिहीबार कास्कीको लिग च्याम्पियन आदर्श युवा क्लबसँग मैत्रीपूर्ण खेल खेल्यो ।
सहारा क्लब पोखराको दोबिल्लास्थित एकेडेमीको मैदानमा भएको खेलमा यू १८ टोली १०–१ ले विजयी भएको थियो । प्रशिक्षक चेतनारायण श्रेष्ठले दोस्रो हाफमा पुरै सेट परिवर्तन गरेका थिए । ए टिमले पहिलो हाफमा ६ गोल र बी टिमले दोस्रो हाफमा ४ गोल गरेको थियो । शीशिर लेखीले सातौं मिनेटमा टोलकिा लागि पहिलो गोल गरे ।
११ औं मिनेटमा मनीष थापाले १४ औं मिनेटमा नितिन थापाले, २७ औं मिनेटमा रोशन राना मगरले, ३५ औं मिनेटमा पदक भट्टराईले र ४० औं मिनेटमा मनीष डाँगीले गोल गरे ।दोस्रो हाफमा सुचु गुरुङले २ (७७ औं र ८०औं मिनेट) दर्शन गुरुङले ७० औं र कैशाल लामिछानेले ८५ औं मिनेटमा गोल गर्दै फराकिलो जित दिलाए । आदर्शले ७८ औं मिनेटमा गोल फर्काएको थियो । यु १८ ले अर्को खेल आइतबार पोखरा ११ सँग मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ ।
उपाधि रक्षाको उद्देश्यका साथ तयारीमा रहेको नेपाली टोलीको यसपटक घरेलु मैदानमा कस्तो प्रदर्शन गर्ला त्यो हेर्न केहि समय कुर्नैपर्ने हुन्छ । दक्षिण एसियाका ६ राष्ट्रको सहभागितामा साफ यू १८ च्याम्पियनसिप असोज ३ देखि १२ गते सम्म शसस्त्र प्रहरी बलको हलचोकस्थित मैदानमा आयोजना हुँदैछ ।
नेपाल रहेको समूह एमा माल्दिभ्स र भुटान छन् । भारत, श्रीलंका र बंगलादेश समूह बीमा छन् । राउन्ड रोविन लिग पछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । दुवै सेमिफाइनल असोज १० गते हुनेछ । त्यस्तै फाइनल असोज १२ गते हुनेछ ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]