6 years ago
September 12, 2019
नेपालगन्ज (हाम्रा खेलकुद) – बाँकेको पश्चिम क्षेत्रमा अर्को महिना हुन लागेको योगिनी कप फुटबल प्रतियोगितालाई नेपाल आईस वियरले मुख्य प्रायोजन गरेको छ । नेपालगन्जमा बिहीबार भएको पत्रकार सम्मेलनमा सिजी ब्रुअरी (नेपाल) प्राली र आयोजक सहयोग आवाज नेपालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
प्रतियोगिता संयोजक तरिन्द्र बहादुर थापा र सिजी ब्रुअरी(नेपाल) प्रालीका म्यानेजर उमेश निरौलाले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता पश्चात प्रतियोगिताको नाम नेपाल आइस योगिनी कप फुटबल प्रतियोगिता रहेको छ । प्रतियोगिता असोज ३ गतेदेखि ७ गते सम्म सञ्चालन हुनेछ ।
म्यानेजर निरौलाले सिजी ब्रुअरी खेलकुदको विकासका लागि सधै अग्रसर भएर लागेको बताए । नेपालका विभिन्न स्थानमा भैरहेको फुटबल प्रतियोगितामा सिजीले प्रायोजन गर्दै आएको बताउँदै निरौलाले भने, ‘सिजी फुटबलको विकासमा सधै सहयोग गर्न तयार छ । हामीले देशका विभिन्न खेलकुद प्रतियोगिता र सामाजिक कार्य गर्दै आएको छौं । आज बाँकेको खेलकुदमा उर्वर मानिएको क्षेत्रमा हुन लागेको प्रतियोगितामा प्रायोजन गर्न पाउँदा खुसी छौं । यसले प्रतियोगिताको स्तर बढनुका साथै खेलाडीले अवसर पाउनेछन भन्ने विश्वास लिएको छौं ।’
खजुरा–२ गौघाट स्थित योगिनी उच्च माविको खेल मैदानमा प्रतियोगिता हुदैछ । प्रतियोगितालाई खजुरावासी र विदेशमा रहेका युवाहरुले सहयोग गरिरहेको प्रतियोगिता संयोजक थापाले जनाए । थापाले भन्नु भयो, ‘ नेपाल आइससँग प्रतियोगिताको मुख्य प्रायोजन बारे सार्वजनिक गर्न पाउँदा हामीले खुसी महशुस गरिरहेको छौ । नेपाल आइससँगको सम्झौता पछि प्रतियोगिताले थप उचाइ हासिल गर्ने विश्वास लिएका छौं ।’
यसैगरी प्रतियोगितामा सहभागी हुने योगिनी माविको ‘ए’ टिमलाई म्यानेजर उमेश निरौलाले जर्सी प्रायोजन गरेका छन् । योगिनीको ‘बी’ टिमलाई निर्देशक, समाजसेवी, कलाकार खजुरा गाउँपालिका निवासी शेखर खनालले जर्सी र खेलकुद सामाग्री प्रायोजन गरेका छन ।
बिहिबार भएको पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघका सदस्य एवम प्रशिक्षक सानु तामाङले योगिनी कप फुटबलले करियर बनाउन चाहने युवाहरुका लागि थप हौसला प्रदान गरेको बताए ।
बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा गर्न लागिएको यस प्रतियोगितामा बाँके र बर्दियाका गरी ८ वटा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन । अनुमानित ३ लाख ५० हजार बजेट रहेको प्रतियोगिताको विजेताले ५० हजार , दोस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार, विधागत रुपमा उत्कृष्ट गोलकिपर, फरवार्ड, मिडफिल्डर, डिफेन्स र प्रशिक्षक जनही ५ हजार प्रदान गर्ने प्रतियोगिता संयोजक थापाले जनाए ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]