default_image

5 years ago

September 13, 2019

रियललाई चोटको पिरलो

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई सिजनको सुरुवातमै चोटको समस्याले सताएको छ । विशेषगरी मिडफिल्डमा जिदानका मुख्य खेलाडी चोटका कारण बाहिरिने भएका छन् । गत वर्षका ब्यालोन डी’ओर विजेता लुका मोड्रीच मांशपेशीको समस्याका कारण १५ दिन मैदानबाहिर रहने भएपछि उनले कम्तिमा २ खेल गुमाउने पक्का भएको छ । रियलले लिगअन्तर्गत खेलमा लेभान्ते र च्याम्पियन्स […]

34 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई सिजनको सुरुवातमै चोटको समस्याले सताएको छ । विशेषगरी मिडफिल्डमा जिदानका मुख्य खेलाडी चोटका कारण बाहिरिने भएका छन् ।

गत वर्षका ब्यालोन डी’ओर विजेता लुका मोड्रीच मांशपेशीको समस्याका कारण १५ दिन मैदानबाहिर रहने भएपछि उनले कम्तिमा २ खेल गुमाउने पक्का भएको छ । रियलले लिगअन्तर्गत खेलमा लेभान्ते र च्याम्पियन्स लिगको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्दैछ । मोड्रीचको अनुपस्थितिले जिदानलाई मिडफिल्ड छनोटमा निकै समस्या पर्ने देखिएको छ ।

जिदानसँग टोनी क्रुस मात्र शत प्रतिशत फिट मिडफिल्डरका रुपमा रहेका छन् । इस्को अझैपनि चोटका कारण विश्राममा छन् भने हामेस रोड्रीग्वेज पुनरागमन गर्ने तयारीमा छन् । ब्राजिलियन मिडफिल्डर क्यासेमिरोले अन्तर्राष्ट्रिय ब्रेकमा दुई खेल खेलेपछि क्लबमा आएर एक दिन मात्र प्रशिक्षण गरेका छन् । त्यसैले जिदान उनलाई विश्राम दिएर पीएसजी विरुद्ध खेलका लागि बचाउन चाहन्छन् । अर्का मिडफिल्डर फेडे भालभेर्डे पनि उरुग्वेका लागि दुई मैत्रीपूर्ण खेल खेलेर युरोप फर्केका छन् ।

सिजनको सुरुवातमा ड्यानी सेबलोस र मार्कस लोरेन्टेलाई क्लबबाट अन्यत्र पठाएपछि रियलले अर्को मिडफिल्डर अनुबन्ध गर्ने सम्भावना रहेको थियो । म्यानचेस्टर युनाइटेडबाट पल पोग्बा ल्याउने प्रयास सफल हुन नसक्दा रियलको मिडफिल्डमा विकल्प नरहेको हो । अब जिदानले लेभान्तेविरुद्ध खेलमा क्यसेमिरोलाई प्रयोग गर्नुपर्ने स्थिति आएको छ ।

रियलका लागि यस खेलमा ग्यारेथ बेल उपलब्ध हुने छैनन् । उनी भिल्लारियलविरुद्ध खेलमा दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए । मार्को एसेन्सियो पनि लामो समयका लागि उपलब्ध छैनन् । लुका जोभिच पनि चोटका कारण नखेल्ने सम्भावना बढी छ । इडेन हाजार्डले रियलका लागि लिगमा पहिलो सुरुवात गर्ने सम्भावना रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.