default_image

6 years ago

September 13, 2019

आयोजक जोर्डनलाई चुनौति दिने नेपालको लक्ष्य !

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दुई साता अघि साफ यू १५ च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टोलीले शनिबार एएफसी यू १६ च्याम्पियनसिपको यात्रा सुरु गर्दैछ । बलियो जोर्डनविरुद्ध खेल्दै नेपालले च्याम्पियनसिपको यात्रा थाल्नेछ । बोन टेस्टबाट कप्तान प्रदीप लम्सालसहित टोलीका तीन प्रमुख खेलाडी बाहिरिदै नेपाली टोली पहिलाको तुलनामा कमजोर मानिएको छ ।

प्रदीपको नेतृत्वमा नेपाली युवा टोली भदौ १४ गते साफ यू १५ च्याम्पियनसिपको फाइनलमा पराजित भएको थियो । यू १६ को छनोटको तयारी रहँदाको अवस्थामा एमआरआईबाट गरिएको हड्डी परिक्षणमा प्रदीपसँगै असिम राई र इश्वर गुरुङ असफल भएपछि नेपाललाई झड्का लागेको थियो ।

एमआरआईबाट तीनै खेलाडी बढी उमेरको भएको रिपोर्ट आएको थियो । प्रदीप जान ताम्लीलाई टोलीको कप्तान बनाइएको छ । जान टोली पहिला भन्दा कमजोर भएको स्वीकार्छन् तर पनि शतप्रतिशत दिएर खेल्ने बताएका छन् । ‘तीन जना प्रमुख खेलाडी नहँदा टिममा असर त परेको छ नै तर अब हामीले यहाँ हुने खेलहरुको बिषयमा सोच्नुपर्छ , ‘जानले भने, ‘सबै टिमहरु राम्रा छन् र छनोट हुनका लागि हामीले आफ्नो शतप्रतिशत दिनुपर्नेछ । त्यसको लागि हामी तयार छौं । हामी राम्रो फुटबल खेल्न चाहन्छौं ।’

नेपालको लागि २०२० मा हुने एएफसी यू १६ च्याम्पियनसिपको अन्तिम चरणमा छनोट हुन कुनै हालमा सहज छैन । समूह ए मै दुई अरु बलिया राष्ट्र कुवेत र ताजकिस्तान रहेका छन् भने अर्को दक्षिण एसियाली छिमेकी टोली श्रीलंका छ । साफमा नेपालसँग २–० ले पराजय बेहोरेको श्रीलंकाले पनि यू १६ का लागि ५ खेलाडी परिवर्तन गरेको छ ।

छनोटबाट समूह विजेता र ९ समूह मध्येबाट दोश्रो स्थानमा छनोट प्रतियोगिता अन्त्य गर्ने मध्ये उत्कृष्ट चार टोलीले अर्को वर्ष अन्तिम राउन्ड खेल्न पाउनेछ । अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा हुने पहिलो खेलमा धेरै चुनौति सामना गर्नुपर्ने नेपालका प्रशिक्षक सुनिल श्रेष्ठ बताउँछन् ।
‘जोर्डन एक बलियो प्रतिद्वन्दी हो र उनीहरुकै घरेलु मैदानमा खेल्दा हामीलाई दवाब अवश्य हुनेछ । हाम्रो पहिलो लक्ष्य भनेको उनीहरुलाई बराबरीमा रोक्ने हो ,’ प्रशिक्षक श्रेष्ठले थपे, यसका लागि हामीले आफ्नो रक्षापंक्ति बलियो बनाउनुपर्नेछ । हामीले काउन्ट अट्याकमा गोल गर्ने मौको सृजना गर्दै त्यसको भरपुर फाइदा उठाउनु पर्नेछ । ‘

आफ्नो टिम छनोट हुनलाई नै जोर्डन आएको र यसको लागि दुई साता अघि भारतविरुद्धको पराजय नै महत्वपूर्ण हुने श्रेष्ठले बताए । ‘हाम्रा केटाहरुको लागि यू १५ च्याम्पियनसिप नै पहिलो प्रतिस्पर्धात्मक प्रतियोगिता थियो । टोलीमा अनुभवको कमी थियो,’ उनले भने , ‘भारतविरुद्ध कोलकातामा भएको फाइनलमा हामी जसरी पराजित भयौं, त्यसले हामीलाई ठूलो पाठ सिकाएको छ । प्रतियोगितालाई लिएर हामी गम्भिर छौं । भारतमा भएका गल्तिहरु हामीले यहाँ दोहो¥याउने छैनौं । यो प्रतियोगिता निकै कठिन छ तर हामी राम्रो प्रदर्शन गर्न लालयित छौं। ‘

नेपाली जुनियर फुटबलमा हालको टिम अहिलेसम्मै कमजोर मध्येको एक रहेको मानिएको छ । तर जोर्डनका प्रशिक्षक अदनान अवाद भने आयोजक भन्दैमा आफ्नो टिमलाई दावेदारको रुपमा हेर्न चाहदैनन् । ‘यो उमेर समुहको फुटबल हो र यहाँ कुनै टिम सानो वा ठूलो हुदैन । श्रीलंका, नेपाल, ताजकिस्तान, कुवेत र हामी पनि उमेर समुहमा एकै किसिमको टोली हौं, ‘अवादले भने, ‘यो प्रतियोगिताको लागि हामीले केही योजनाहरु बनाएको छौं र त्यही अनुरुप खेल्नेछौं ।’ शनिबार नै हुने दोश्रो खेलमा श्रीलंकाले कुवेतको सामना गर्नेछ ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.