6 years ago
September 23, 2019
एजेन्सी – बार्सिलोनाका महान खेलाडी जाभीले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोपछि राहिम स्टर्लिङ विश्वका उत्कृष्ट खेलाडी हुन सक्ने सम्भावना रहेको बताएका छन् । जाभीका पूर्व क्लब बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाको प्रशिक्षणमा म्यानचेस्टर सिटीका स्टर्लिङले गत सिजन २५ गोल गरेका थिए । यो सिजन पनि उनले ६ गोल गरिसकेका छन् ।
‘वर्षौदेखि मेस्सी र रोनाल्डोले विश्व फुटबलमा उच्च प्रदर्शन गरिरहेका छन् । मेरो लागि मेस्सी अहिले सम्मकै उत्कृष्ट खेलाडी हुन्,’ जाभीले भने, ‘दुवै खेलाडी अहिले पनि माथिल्लो स्तरमा खेलिरहेका छन् । भविष्यमा उनीहरुले खेल्न छाड्छन् । त्यसपछि उनीलाई पछ्याउने अरु खेलाडी आउनेछन् ।’
मेस्सी र रोनाल्डोलाई पछ्याउने सम्भावना भएका खेलाडीका बारेमा उनले थपे, ‘नेयमार, एमबाप्पले, सालह र स्टर्लिङमा त्यो सम्भावना छ । अहिलेको अवस्थामा हेर्दा लाग्छ । स्टर्लिङ त्यो दौडको अगाडि देखिन्छन् ।’
२४ वर्षे स्टर्लिङ लिभरपुल छाडेर केहि वर्षअघि सिटीमा आबद्ध भएका थिए । ग्वार्डिओलाको नेतृत्वमा उनले सिटीमा स्तरिय प्रदर्शन गर्दै आएका छन् । उनी जहिले पनि राम्रो खेलाडी छन् । खतरनाक खेलाडी हुन्, उनले थपे, तर ग्वार्डिओलाको नेतृत्वमा आउने दिनमा विश्वकै एक उत्कृष्ट खेलाडी बन्न सक्छन् ।
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]
December 21, 2025
एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]