default_image

6 years ago

September 22, 2019

वेस्ट ह्यामसँग युनाइटेड पराजित

95 views

0 Bookmark

एजेन्सी– वेस्ट ह्याम युनाइटेडले एन्ड्री यार्मोलेन्को र आरोन क्रिसवेलको गोलमा शनिबार प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गरेको छ । पहिलो हाफको लागि एक मिनेट बाँकी रहँदा यार्मोलेन्कोले गोल गर्दै अग्रता दिलाएका थिए ।

हुवा माटाले दोस्रो हाफको सुरुवातमै बराबरीको मौका पाएका थिए । आन्द्रेस पिरेराको क्रसमा माटाको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो । ८४ औं मिनेटमा क्रिसवेलले फ्रिकिकमा गोल गरेपछि युनाइटेड खेलमा फर्कने सम्भावना लगभग समाप्त भएको थियो ।

जितपछि वेस्ट ह्याम ११ अंकका साथ चौथो स्थानमा उक्लेको छ । ६ खेलमा ८ अंक मात्र जोड्न सकेको युनाइटेड अंक तालिकाको सातौं स्थानमा झरेको छ ।

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

December 21, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

Success

Thank you for your time.