6 years ago
September 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)– जोर्डनमा जारी एएफसी यू १६ च्याम्पियनसि छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल नेपाली युवा टोली विजयी भएको छ । शनिबार भएको खेलमा नेपालले दक्षिण एसियाली छिमेकी श्रीलंंलाई ३–० ले हराएको छ ।
३६ औं मिनेटमा मोहित गुरुङको गोलबाट नेपालले अग्रता लिएको थियो । ६४ औं मिनेटमा अनिल चौलागाईको गोलबाट नेपालको अग्रता दोब्बर भएको थियो । खेल सकिन एक मिनेट बाँकी रहँदा जान ताम्लीले गोल गर्दै टोलीको अग्रतालाई थप फराकिलो बनाए । कर्नरबाट आएको बलमा उनले हेडमार्फत गोल गरेका थिए ।
छनोटका ४ खेलमा नेपालले १५ गोल खायो भने ४ गोल गर्यो । टोलीले २ खेलमा हार १ मा जित र १ मा बराबरी गर्दै छनोटको यात्रा टुंगाएको छ । नेपालले २ खेलमा लज्जास्पद हार बेहोरेको थियो ।
आयोजक जोर्डनसँगको पहिलो र ताजकिस्तानसँगको तेस्रो खेल समान ७–० को हार बेहोरेको नेपाली युवा टोलीले कुवेतसँगको दोस्रो खेलमा १–१ को बराबरी खेलेको थियो ।
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]
December 21, 2025
एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]