default_image

5 years ago

September 22, 2019

सडन डेथमा द राइजिङलाई सफलता

मनोरञ्जन शर्मा भैरहवा– सडन डेथमा ग्रेट भिजयन युवा क्लब तरकुल्लाह, ओमसतीयालाई पराजित गर्दै द राइजिङ युवा क्लब कनरी सियारी सातौ थारु मिलन कप नकआउट फुटबल प्रतियोगिताको प्रि क्वाटर फाइनलमा प्रवेश गरेको छ । ओम सतियाको कर्महवाडाडा खेल मैदानमा आइतबार निर्धारित समय ग्रेट भिजयन र द राइजिङले १–१ गोलको बराबरी खेलेका थिए । टाइब्रेकरमा पनि ३–३ […]

31 views

0 Bookmark

मनोरञ्जन शर्मा

भैरहवा– सडन डेथमा ग्रेट भिजयन युवा क्लब तरकुल्लाह, ओमसतीयालाई पराजित गर्दै द राइजिङ युवा क्लब कनरी सियारी सातौ थारु मिलन कप नकआउट फुटबल प्रतियोगिताको प्रि क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

ओम सतियाको कर्महवाडाडा खेल मैदानमा आइतबार निर्धारित समय ग्रेट भिजयन र द राइजिङले १–१ गोलको बराबरी खेलेका थिए । टाइब्रेकरमा पनि ३–३ को बराबरीपछि खेल सडन डेथमा पुगेको थियो । सडेन डेथमा द राइजिङका गोलकिपर आशिष थारुको प्रहार गोलमा परिणत भएको थियो । ग्रेट भिजनका खेलाडीको प्रहार लाई राइजिङका गोलकिपर आशिषले रोकेका थिए ।

टाइब्रेकरमा राइजिङका दशरथ चौधरी, रामगोपाल कहार र देबी चौधरीको प्रहार गोलमा परिणत भएको थियो । अनिल केबट र समकेश केबटको प्रहार खेर गएको थियो । ग्रेट भिजयनका सुसान थारु, अखिलेस पासी र राहुल पासीको प्रहार गोलमा परिणत भयो । वीरेन्द्र पाल भने गोल गर्न असफल भए ।

त्यसअघि ग्रेट भिजनका युवाराज थारुको आत्मघाती गोलमा द राइजिङले अग्रता लिएको थियो । तर ग्रेट भिजयनका केवि चौधरीले गोल फर्काउदै खेललाई बराबरीमा पर्याएका थिए ।

प्रतियोगितामा सोमबारको खेल मैनहवा युवा क्बल मैनहवा र योङ स्टार क्लब मडाहाबीच हुने आयोजक हाटी अमवा युबा क्लबका अध्यक्ष राम बहादुर थारुले जानकारी दिए । प्रतियोगिताको विजेताले टोलीले ७० हजार तथा दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा १८ टोलीको सहभागिता छ ।

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

April 29, 2024

मध्यपुर थिमि गोदावरी मेयर कपको क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद )- मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशाला सोमबार भएको एक मात्र खेलमा टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर थिमिले अन्तिम आठमा पुगेको हो । मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने […]

Success

Thank you for your time.