6 years ago
September 22, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा साविकको उपविजेता लिभरपुलले लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ । लिभरपुलले चेल्सीलाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो ।
स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा लिभरपुलाई जिताउन एलेसान्दर अर्नाेल्ड र रोवर्टाे फिर्मिनोले गोल गरे । घरेलु टोलीका एङ्गोलो कान्टेले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक बनेको खेलमा पाहुना टोलीका अर्नाेल्डले खेलको १४औं मिनेटमा गोल गरेका थिए । मोहम्मद सलाहको चलाखीपुर्ण पासमा अर्नाेल्डले गोल गर्न सफल भएका थिए । २४औं मिनेटमा टम्मी अब्राहमको प्रहारलाई लिभरपुलका गोलरक्षक एड्रियनले बचाएका थिए ।
२७औं मिनेटमा चेल्सीका कप्तान सिजरले गोल गरेपनि भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को सहायतामा गोलको मान्यता पाएन ।
३०औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । पहिलो हाफमा अन्तिम समयमा अब्राहमले बराबरी गर्ने मौका खेर फाले ।
दोस्रो हाफको शुरुमै चेल्सीका गोलरक्षक किपा अरिजाबालगाले फिर्मिनोको प्रहारलाई मुस्किलले बचाए । ५१औं मिनेटमा एलेसान्दर अर्नाेल्डको प्रहारलाई किपाले नै विफल पारिदिए ।
५९औं मिनेटमा चेल्सीका कान्टे चुके । ७१औं मिनेटमा कप्तान सेजरको पासमा कान्टेले गोल गर्दै खेललाई २–१ को अन्तरमा झारे । ८१औं मिनेटमा मासन माउन्टको प्रहारलाई लिभरपुलका गोलरक्षक एड्रियनले मुस्किलले बचाउदा चेल्सी बराबरीबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल २–१ ले विजयी हुन सफल भयो ।
जितसँगै अपराजित रहेको लिभरपुलले ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित चेल्सी ८ अंकसहित ११औं स्थानमा छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको १३ अंक छ ।
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]
December 21, 2025
एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]