6 years ago
September 22, 2019
एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लामाथि पुनरागमन जित निकालेको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको आर्सनलले खेलमा दुईपटक पछि परेर पनि ३–२ को पूनरागमन जित निकाल्न सफल भएको हो ।
आर्सनलको जितमा निकोलस पेपे, कलुम च्याम्वर्स र पिएरे हेनरिक औवामियाङले गोल गरे । एस्टन भिल्लाका जोन म्याक्जिन र वेस्लेले गोल गरे । खेलको २०औं मिनेटमा जोनले अनवर इएल घाँजीको पासमा गोल गर्दै भिल्लालाई अघि बढाएका थिए । ४१औं मिनेटमा आर्सनल १० खेलाडीमा समेटियो । आर्सनलका एन्सले मेटल्यान्ड नाइल्स दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । तर, त्यसको असर आर्सनललाई परेन ।
५९औं मिनेटमा निकोलस पेपेले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । त्यसको एक मिनेटपछि नै वेस्लेले गोल गर्दै भिल्लालाई पसन खेलमा २–१ को अग्रता दिलाए । ८१औं मिनेटमा कलुम च्याम्वर्सले गोल गर्दै खेललाई पुन २–२ गोलको बराबरीमा ल्याए । ८४औं मिनेटमा पिएरे हेनरिक औवामियाङले गोल गर्दै आर्सनललाई ३–२ को पूनरागमन जित दिलाए ।
जितसँगै आर्सनल ६ खेलबाट ११ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित भिल्ला ४ अंक जोडेर १८औं स्थानमा छ ।
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]
December 21, 2025
एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]