6 years ago
September 23, 2019
एजेन्सी – फरवार्ड करिम बेन्जिमाको निर्णायक गोलमा स्पेनिस महारथी रियाल म्याड्रिडले स्पेनिस ला लिगामा सेभिल्लालाई पराजित गरेको छ । रियालले सेभिल्लालाई उसकै मैदानमा १–० ले पराजित गरेको हो ।
सेभिल्लामा आइतबार राति भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा बेन्जिमाले दोस्रो हाफमा गोल गरेको थियो । ३५औं मिनेटमा बेन्जिमाको प्रहार सेभिल्लाका गोलरक्षक थोमस भकलिकले सहजै बचाए । ३९औं मिनेटमा हामेस रोड्रिग्वेजको प्रहारलाई थोमसले नै बचाए ।
६४औं मिनेटमा ड्यानियल कार्भाहलको पासमा बेन्जिमाले गोल गर्दै रियाललाई खेलमा अग्रता दिलाए । ६९औं मिनेटमा लुकास ओकाम्पसको प्रहार क्रसबारमा लागेर फर्कदा सेभिया बराबरीबाट चुक्यो । ८८औं मिनेटमा जेभियर हर्नान्डेजले बराबरीको गोलको मौका खेर फाल्दा रियाल १–० ले विजयी हुन सफल भयो ।
यससँगै रियालले च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) साग भोगेको नमिठो हारको मल्हम लगाएको छ ।
जितसँगै रियाल अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानका एथ्लेटिको बिल्वाओसँग समान ११ अंक रहेपनि रियाल गोल अन्तरमा दोस्रो स्थानमा रहेको हो । सेभिल्ला १० अंकसहित पाँचौ स्थानमा छ ।
ला लिगाको अन्य खेलको नतिजा
गेटाफेविरुद्ध मलोर्का (४–२)
स्पान्योलविरुद्ध रियल सोसिडाड (१–३)
भ्यालेन्सियाविरुद्ध लेगानेस (१–१)
एथ्लेटिको बिल्वाओविरुद्ध डिर्पाेटिभो अलाभेस (२–०)
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]
December 21, 2025
एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]