6 years ago
September 23, 2019
एजेन्सी – इन्ज्युरी समयतिर आत्मघाती गोल भएपछि जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डले फ्रन्कफर्टसँग बराबरी खेल्दै अंक बाँडेको छ । फ्रन्कफर्टको मैदानमा आइतबार राति भएको खेलमा डर्टमन्ड २–२ गोलको बराबरीमा रोकिएको हो ।

डर्टमन्डका एक्सेल विस्टेल र जाडोन सान्चोले गोल गरे । घरेलु टोलीका आन्द्र सिल्भाले गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको ११औं मिनेटमा थोर्गन हजार्डको पासमा विस्टले गोल गर्दै डर्टमन्डले सुरुवाती अग्रता लिएको थियो । ४३औं मिनेटमा आन्द्रे सिल्भाले बराबरी गोल फर्काएको थियो ।
६६औं मिनेटमा युवा मिडफिल्डर जाडोन सान्चोले गोल गर्दै डर्टमन्डलाई पुन: २–१ को अग्रता दिलाए । तर, ८८औं मिनेटमा थोमस डिलानेले आत्मघाती गोल गरेपछि डर्टमन्ड अंक बाड्न बाध्य बन्यो ।
बराबरीसँगै डर्टमन्डले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । डर्टमन्ड ५ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा छ । समान खेलबाट आरबी लेइप्लिज १३ तथा ११ अंक जोडेको बायर्न म्युनिख शीर्ष दुई स्थानमा छ । फ्रन्कफर्ट ७ अंकसहति नवौं स्थानमा छ ।
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]
December 21, 2025
एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]