default_image

6 years ago

September 23, 2019

महिला फुटबल टोली भोली पोखरा जाने

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल महिला राष्ट्रिय टोली प्रशिक्षणका लागि पोखरा जाने भएको छ । स्वदेशमा मंसिर १५ गतेदेखिन २४ गते सम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदलाई लक्षित गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी थालेको छ । त्यहि सिलसिलामा महिला टोली पोखरा जान लागेको हो ।

पोखरामा नेपाली सेना र सहरा क्लबले सञ्चालन गरेको एकेडेमीमा प्रशिक्षणका लागि आग्रह गरिएको महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले जानकारी दिए । उनका अनुसार दशै अघि एक साता नेपाली टोलीले पोखरामा प्रशिक्षण गर्नेछ । नेपाली महिला टोली केहि दिन अघि किर्गिस्तानमा नादेझ्दा कप खेलेर फर्केको थियो ।

४ राष्ट्रको सहभागिता रहेको नादेझ्दा कपमा नेपाल दोस्रो भएको थियो । भदा २६ गते भएको फाइनलमा नेपाली टोली उज्वेकिस्तानसँग ३–२ ले पराजित भएको थियो । आयोजक कीर्गिस्तानलाई ८–२ ले हराएको नेपालले राउन्ड रोविनकै अर्को खेलमा उज्वेकिस्तानसँग २–० को हार बेहोरेको थियो । राउन्ड रोविनको अन्तिम खेलमा ताजकिस्तानलाई १–० ले हराउँदै नेपाल फाइनल पुगेको थियो ।

सोही प्रतियोगिता फरवार्ड सावित्रा भण्डारी सम्बा ७ गोलसहित सर्वाधिक गोलकर्ता बनिन् । सोही प्रतियोगिताका दौरान उनले नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडी अनु लामासँग बराबरी गरिन् । दुवैको समान ३५ अन्तर्राष्ट्रिय गोल पुगेको छ ।

घरेलु मैदानमा आयोजना हुने सागमा नेपाल स्वर्ण पदक जित्ने लक्ष्यका साथ तयारी गरिरहेको प्रशिक्षक खड्काले बताए । लगातार फाइनल खेले पनि नेपाली महिला टोली सागका फाइनल जित्न असफल रहँदै आइरहेको छ । महिला फुटबलमा नेपालले लगातार तीन पटक रजत पदक जितेको थियो ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.