6 years ago
September 24, 2019
एजेन्सी – स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले सन् २०१९ को फिफाको ‘द बेस्ट’ खेलाडीको अवार्ड जितेका छन् ।

मेस्सीले इंग्लिस क्लब लिभरपुल तथा नेदरल्यान्डका भर्जिल भान डाइक र पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै यसबर्षको बेस्ट खेलाडीको अवार्ड जितेका हुन् । मेस्सीले कुल ४६ वरीयता अंक जोड्दै छैटौं पटक अवार्ड जित्न सफल भए । भान डाइकले ३८ अंक तथा रोनाल्डोले ३६ अंक पाए । फिफाको वेस्ट बर्ष खेलाडीको छनोट फिफामा आवद्ध सबै देशका प्रशिक्षक र कप्तानले दि बेस्टका लागि मतदान गरेका थिए ।
नेपालका कप्तान विराज महर्जनले भने आफ्नो पहिलो भोट क्रिस्टियानो रोनाल्डोलाई दिएका छन् । दोस्रो भोट मेस्सीलाई तथा तेस्रो भोट भान डाइकलाई दिएका छन् । नेपालका प्रशिक्षक योहान कालिनले आफ्नो पहिलो भोट मेस्सीलाई, दोस्रो भोट रोनाल्डोलाई तथा तेस्रो भोट भान डाइकलाई दिएका छन् ।
यसैगरी नेपालका लागि मिडियाबाट द काठमाडौं पोस्टका खेलकुद ब्युरो प्रमुख रितेश रिजालले मतदान गरेका थिए । उनले क्रमश: मेस्सी, किलियन एमबाप्पे र भान डाइकलाई मत दिए ।
महिलातर्फ अमेरिकी मेगन रापिनोइले आफ्नै देशकी एलेक्स मोर्गानलाई पछि पार्दै ‘द बेष्ट’ अवार्ड जितेकी छन् । मेगनले ४६ तथा एलेक्सले ४२ मत पाए । तेस्रो स्थानमा रहेका इंग्ल्यान्डकी लुसी ब्रन्जले २९ मत पाए ।
नेपाली टोलीकी कप्तान निरु थापाले मेगनलाई ५ अंक, एलेक्सलाई ३ तथा केर सामलाई १ अंक दिएकी छन् । नेपालका प्रशिक्षक हरी खड्काले पनि सोहि अनुसार मतदान गरेका हुन् । पत्रकार रिजालले मेगनलाई ५, लुसीलाई ३ र अडा हेगर्बर्गलाई १ अंक दिए ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]