default_image

5 years ago

September 24, 2019

द बेस्टमा मेस्सीको भोट रोनाल्डोलाई!

109 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले सन् २०१९ को फिफाको ‘द बेस्ट’ खेलाडीको अवार्ड जितेका छन् । यसक्रममा मेस्सीले चिर परिचित प्रतिद्वन्द्वी रोनाल्डोलाई पनि मतदान गरे ।

मेस्सीले इंग्लिस क्लब लिभरपुल तथा नेदरल्यान्डका भर्जिल भान डाइक र पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै यसबर्षको बेस्ट खेलाडीको अवार्ड जितेका हुन् । मेस्सीले कुल ४६ अंक जोड्दै छैटौं पटक अवार्ड जित्न सफल भए । भान डाइकले ३८ अंक तथा रोनाल्डोले ३६ अंक पाए । फिफाको वेस्ट बर्ष खेलाडीको छनोट फिफामा आवद्ध सबै देशका प्रशिक्षक र कप्तानले दि बेस्टका लागि मतदान गरेका थिए ।

सार्वजनिक गरिएको मतदानमा अवार्ड विजेता मेस्सीले रोनाल्डोलाई दोस्रो सुचीमा राख्दै भोट गरेपनि रोनाल्डोले मेसीलाई बेस्ट खेलाडीको सुचीमा भोट नदिएको खुलासा भएको छ । मेस्सीले आफ्नो पहिलो भोट साडियो मानेलाई दिएका छन् । दोस्रोमा रोनाल्डो र तेस्रोमा फ्रान्की डि जोङलाई दिएका छन् ।

रोनाल्डोले आफ्नो पहिलो भोट म्याथिस डि लेग्टलाई दिएका छन् । दोस्रो भोट फ्रान्की डि जोङ र तेस्रो भोट केलियन एम्बाप्पेलाई दिएका छन् । भर्जिल भान डाइकले आफ्नो पहिलो भोट मेस्सीलाई दिएका छन् । दोस्रोमा मोहम्मद सलाह र तेस्रो भोट साडियो मानेलाई दिएका छन् ।

विश्वभरका राष्ट्रिय टोलीका कप्तान, प्रशिक्षक तथा मिडिया कसले कसलाई मतदान गरे भन्ने विस्तृत विवरणका लागि यहाँ थिच्नुहोस्

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.