6 years ago
September 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता तथा घरेलु टोली नेपाल साफ यू-१८ च्याम्पियन्सिपको समुह चरणबाटै बाहिरिएको छ ।

समूह ‘ए’ को अन्तिम खेलमा मंगलबार भुटान र माल्दिभ्स गोलरहित बराबरी खेलेपछि नेपालको अघिल्लो चरणको संभावना सकिएको हो । नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा भुटानसँग ३-० ले पराजित भएपछि अघिल्लो चरणको संभावना कठिन बनेको थियो ।
भुटानले माल्दिभ्सलाई ४ गोल भन्दा बढीको अन्तरले पराजित गरेको खण्डमा नेपाल सेमिफाइनलमा पुग्ने झिनो अंक गणितीय समिकरण बनेको थियो । नेपाल बाहिरिदा भुटान समुह विजेता र माल्दिभ्स उप विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छन् ।

समुह बी बाट बंगलदेश सेमिफाइनलमा पुगि सकेको छ । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । दोस्रो खेलमा उपाधिको दाबेदार भारतलाई गोलरहित बराबरीमा रोकेपछि बंगलादेश सेमिफाइनलमा पुगेको हो ।
बुधबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुने छ । भारत विजयी भए वा बराबरीमा रोकिएपनि सेमिफाइनलमा पुग्ने छ । श्रीलंकालाई सेमिफाइनलमा पुग्न भारतलाई हराउनु पर्ने हुन्छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]