default_image

6 years ago

September 24, 2019

यू-१८ प्रशिक्षक श्रेष्ठद्वारा राजीनामा दिने घोषणा

166 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय यू-१८ फुटबल टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले साफ यू-१८ च्याम्पियनसिपमा खराब प्रदर्शनसँगै पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

साविक विजेता नेपालले घरेलु मैदानमा खराब प्रदर्शन गरेपछि श्रेष्ठ दबाबमा रहेका थिए । माल्दिभ्ससँग पहिलो खेल बराबरी खेलेपछि दोस्रो खेलमा नेपाल भुटानसँग ३-० को लज्जास्पद हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको थियो । समूहको अन्तिम खेलमा भुटान र माल्दिभ्सको खेल गोलरहित बराबरीमा सकिएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

श्रेष्ठले आफूले अपेक्षित नतिजा दिन नसकेपछि नैतिकताका आधारमा पदत्याग गरेको बताए । ‘मैले अपेक्षित नतिजा दिन सकिन त्यसैले पद छाड्दैछु । भुटानविरुद्ध निकै नै अप्रत्याशित नतिजा आएपछि हाम्रो यात्रा टुंगिन पुगेको छ । हामीले भुटानको स्तरलाई कमजोर आँक्दा हार बेहोर्नु पर्यो । अब नैतिकताको आधारमा पनि मैले यस पदमा रहनु ठिक ठानिन,’ उनले भने । श्रेष्ठले औपचारिक रुपमा भने एन्फामा राजीनामा बुझाउन बाँकी रहेको बताए ।

श्रेष्ठले दुई खेलमात्र भएपनि विभिन्न कारणले आफूले नतिजा दिन नसकेको बताए । ‘ एक हिसाबमा भन्ने हो भने केहि अभागी भएजस्तो पनि लाग्छ । पहिलो खेलमा बराबरी खेल्दा त्यति नराम्रो प्रदर्शन थिएन । दोस्रो खेलमा सुरुवातमै वर्षा भयो । खेलाडीहरुले पनि त्यसपछि प्रदर्शन गर्न सकेनन् । भुटानको स्तर निकै माथि पुगिसकेको त्यहाँ मैदानमा मैले बुझें । बाहिरबाट हेर्दा भन्दा हामी भित्र रहेकालाई यसले थप गाह्रो बनाएको छ,’ श्रेष्ठले थपे ।

श्रेष्ठले पद छाड्ने निर्णयले नेपाली फुटबललाई पनि एक संदेश हुने बताए । ‘ हामीमाथि नेपाली फुटबलले आशा राखेको थियो । जे जस्तो कारण भएपनि अन्तिममा नतिजा नै महत्त्वपूर्ण हुन्छ । मैले नतिजा दिन सकिन, त्यसैले पद छाड्दैछु । आशा छ यसले आउने दिनमा अन्य प्रशिक्षकलाई पनि अपेक्षित नतिजा नल्याएको खण्डमा दबाब सिर्जना हुनेछ,’ उनले थपे ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले यसबारे जानकारी भएपनि औपचारिक रुपमा राजिनामा आउन बाँकी रहेको बताए । उनले राजिनामा आएपछि श्रेष्ठसँगै प्रशिक्षण टोलीका सहायक प्रशिक्षक सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षक छन्नुराम चौधरी पनि जिम्मेवारीबाट मुक्त हुने जानकारी दिए । नेपालले अर्को महिना खेल्ने एएफसी यू-१९ च्याम्पियनसिपको छनोटमा नयाँ प्रशिक्षण टोली नियुक्त हुनेछ । उक्त प्रतियोगितामा नेपाल रहेको समूह ‘डी’ मा यूएई, इरान र किर्गीस्तान रहेका छन् ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.