6 years ago
September 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– भारत साफ यू १८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । सशस्त्र प्रहरी बलको हलचोक मैदानमा जारी च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३–० ले हराउँदै भारत समूह ‘बी’ को विजेताका रुपमा अघि बढेको हो ।
भारतको जितमा गुर्किरात सिंहले २ र अमन क्षेत्रीले १ गोल गरे । तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । २ खेलमा ४ अंक जोडेको भारत समूह विजेता बन्यो । त्यस्तै २ नै खेलबाट ४ अंक जोडेको बंगलादेश समूह बीको उपविजेता बनेको छ । गोलाप्रथामा भारत विजेता र बंगलादेश उपविजेता बनेका हुन् ।
दुवै खेलमा पराजित श्रीलंका नेपाल जस्तै समूह चरणबाटै बाहिरिएको छ । समान जित र समान गोल भएपछि बंगलादेश र भारतबीच समूह विजेता र उपविजेता गोलाप्रथाबाट टुंगाइएको थियो ।
बुधबार गुर्किरातको गोलबाट ६५ औं मिनेटमा अग्रता लिएको भारतका लागि उनले नै ८७ औं मिनेटमा दोस्रो गोल गरे । अमनले इन्जुरी समयमा गोल गोलअन्तरलाई बढाए । भारतले सेमिफाइनलमा समूह एको उपविजेता माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेशले समूह एको विजेता भुटानको सामना गर्नेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]