6 years ago
September 26, 2019
एजेन्सी – स्पेनिस फुटबल टोलीका पूर्व प्रशिक्षक भिसेन्टे डेल बोस्केले क्रिस्टियानो रोनाल्डो र लियोन मेसीलाई अहिले सम्मकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । विश्व कप विजेता डेल बोस्केले अर्जेन्टिनाका सुपर स्टार मेस्सी विश्वकै उत्कृष्ट खेलाडी भएको उल्लेख गरेका छन् ।
तर, उनी रोनाल्डो पनि उनी भन्दा कम नभएको प्रष्ट पारेका छन् । कतिपयले पोर्चुगिज सुपरस्टार रोनाल्डोको दिन सकिएको टिप्पणी गरेको स्मरण गर्दै डेल बोस्कीले उनले रियल म्याड्रिड छाड्दा खासै क्लबलाई दुःख नमानेको बताए । तर, डेल बोस्के रोनाल्डो र मेस्सीमा क्षमताको कुनै सिमा नरहेको बताउँछन् ।
‘ हो मेरा लागि उनी उत्कृष्ट खेलाडी हुन् । उनी अहिले सम्मकै उत्कृष्ट खेलाडी हुन् । तर, त्यसको मतलब रोनाल्डोको क्षमता उनको अगाडि कमजोर होइन,’ उनले स्मरण गरे,‘ गत वर्ष कतिपयले रोनाल्डोको खेल जीवन अब सकिएको टिप्पणी गरेका थिए । तर, त्यस्तो केहि भएन । मेस्सी र रोनाल्डोको प्रतिभाको कुनै सिमा छैन ।’
डेल बोस्के त्यतिमा रोकिएनन् । उनले पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पेको पनि तारिफ गरे । उनले क्षमताका आधारमा हर्ने हो भने एमबाप्पे रोनाल्डो र मेस्सीको पथमा रहेको बताएका छन् । यद्दपी मोनाकाका पूर्व स्टार एमबाप्पले भन्दा ब्राजिलियन स्टार नेयमार उत्कृष्ट रहेको बताएका छन् । तर, नेयमारलाई पछ्याउने समर्थक भने कम रहेको डेल बोस्केको भनाई छ ।
‘रोनाल्डो र मेस्सीमा भएको जस्तो सबै खाले गुण एमबाप्पेमा छ । तर उनले आफुलाई प्रमाणित गर्न अझै बाँकी छ ,’ उनले थपे,‘ एमबाप्पे भन्दा नेयमार उत्कृष्ट हुन् । तर, कतिपय विवादस्पद कामका कारण उनी धेरैको उदाहरण बन्न सकेनन् । यद्दपी एउटा खेलाडीका रुपमा उनी उत्कृष्ट हुन् ।’
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]