default_image

6 years ago

September 26, 2019

सहज जितसँगै रियल शीर्षस्थानमा

132 views

0 Bookmark

एजेन्सी – ब्राजिलका युवा खेलाडीद्वय भिनिसियस जुनियर र रोड्रीगो गोएसले गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा अोसासुनामाथि जित दर्ता गरेको छ ।

बुधबार घरेलु मैदान सान्टियागो बर्नाबाउमा रियलले २-० को जित दर्ता गरेको हो । खेलको दुवै हाफमा रियलले १-१ गोल गरेको थियो ।  रियलले पछिल्लो खेलबाट ८ खेलाडी परिवर्तन गरेको थियो । गोलरक्षक अल्फोन्स आरियोलाले डेब्यु गर्दै राम्रो प्रदर्शन गरेका थिए ।

खेलको ३६ अौं मिनेटमा रियलले अग्रता लिएको थियो । टोनी क्रुसको पासमा भिनिसियसले उत्कृष्ट फिनिस गर्दै म्याड्रिडलाई अग्रता दिलाए । पहिलो हाफमा लुका जोभिचले पाएका अवसर सदुपयोग गर्न नसक्दा रियलले अग्रता बढाउन सकेन ।

दोस्रो हाफमा डेब्युको अवसर‌ पाएका रोड्रिगोले अग्रता दोब्बर पारे । भिनिसियसको स्थानमा मैदान प्रवेश गरेका उनले मैदान छिरेको एक मिनेटमै गोल गरे ‌। क्यासेमिरोको लामो पासलाई नियन्त्रणमा लिँदै उनले उत्कृष्ट गोल गरेका थिए ।

रियलका लागि अब अर्को खेल म्याड्रिड डर्बी रहेको छ । त्यसअघि टोलीको मनोबल उच्च रहँदा प्रशिक्षक जिदानलाई फाइदा पुग्ने देखिन्छ । अंक तालिकामा रियलको ६ खेलमा १४ अंक छ । एट्लेटिको १३ अंकसहित दोस्रो स्थानमा छ । त्यसपछि बिल्बाअो १२, ग्रानडा ११ तथा बार्सिलोना, सोसिडाड र सेभिल्ला १०-१० अंकमा छन् ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.