default_image

6 years ago

September 26, 2019

चेल्सीको आधा दर्जन गोल!

112 views

0 Bookmark

एजेन्सी – शीर्ष डिभिजनको लन्डन क्लब चेल्सीले इंग्लिस फुटबल लिग (इएफएल) कपमा दोस्रो डिभिजनको ग्रिम्सबी टाउनमाथि प्रभावशाली जित निकालेको छ ।

घरेलु मैदान स्टाफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा चेल्सीले ग्रिम्सबीमाथि ७–१ को प्रभावशाली जित निकाल्दै इएफएलको चौथो चरणमा प्रवेश गरेको हो । प्रशिक्षक फ्रान्क लाम्पार्डले घरेलु मैदानमा पहिलो जितको स्वाद लियो ।

चेल्सीको फराकिलो जितमा मिचे बात्सुयाईले दुई तथा रोस बार्कली, पेड्रो रोड्रिग्वेज, कोर्ट जुमा, रिस जेम्स र कलुम हड्सन ओडोइले समान १–१ गोल गरे । पाहुना टोलीका म्याथ्थयु ग्रीनले एक गोल फर्काए ।

खेलको चौथो मिनेटमा नै रोस बार्कलीले बक्सभित्रबाट उत्कृष्ट गोल गर्दै चेल्सीलाई शुरुवाती अग्रता दिलाए । सातौ मिनेटमा मिचे बात्सुयाईले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।

१९औं मिनेटमा म्याथ्थु ग्रीनले गोल गर्दै टोलीलाई २–१ म ल्याएका थिए । ४३औं मिनेटमा पेड्रो रोड्रिग्वेजले पेनाल्टीमा गोल गरेपछि चेल्सीले पहिलो हाफमा ३–१ को अग्रता लिएको थियो ।

दोस्रो हाफमा चेल्सीले थप चार गोल गर्न सफल भयो । ५६औं मिनेटमा कोर्ट जुमाले गोल गरेपछि चेल्सी फराकिलो जिततर्फ अग्रसर बन्यो । अन्तिम ८ मिनेट बाँकी रहँदा चेल्सीले थप तीन गोल गर्न सफल भएको थियो ।

८२औं मिनेटमा रिस जेम्सले गोल गरे । ८६औं मिनेटमा बात्सुयाईले गोल गरेपछि चेल्सीले खेलमा ६–१ को अग्रता बनायो । ८९औं मिनेटमा मिचे बात्सुयाईले टोलीका लागि सातौ तथा व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ७–१ को फराकिलो जित दिलाए ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.