default_image

6 years ago

September 26, 2019

लिभरपुल र म्यानचेस्टर इएफएल कपको चौथो चरणमा

155 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल र म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कपको चौथो चरणमा प्रवेश गरेका छन् ।

प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले दोस्रो श्रेणीको मिल्टन केनिस डन्सलाई २–० ले पराजित गर्दै चौथो चरणमा प्रवेश गर्न सफल भएको हो ।

लिभरपुलको जितमा जेम्स मिल्नर र किजाना होइभरले गोल गरे । खेलको ४१औं मिनेटमा जेम्स मिल्नरले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ६९औं मिनेटमा होइभरले गोल गर्दै लिभरपुलको २–० को जित पक्का गरे ।

यस्तै अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले दोस्रो श्रेणीको रोचदालेलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै चौथो चरणमा प्रवेश गर्न सफल भएको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ६८औं मिनेटमा मासन ग्रीनवुडले गोल गर्दै म्यानचेस्टरलाई अग्रता दिलाएका थिए । ७६औं मिनेटमा लुकी म्याथिन्सनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

अन्य नतिजा
ब्राइटनविरुद्ध एस्टन भिल्ला (१–)
चेल्सीविरुद्ध ग्रिम्सवी (–१)
अक्सफोर्ड युनाइटेडविरुद्ध वेस्टह्याम (–०)
सेफिल्ड युनाइटेडविरुद्ध सन्डरल्यान्ड (०–)

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.