6 years ago
September 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)– राजुकाजी शाक्यले नेपाली फुटबलको लामो इतिहास बोकेको क्लबमध्येको एक क्लब न्यूरोड टिम (एनआरटी) बाट फुटबल प्रशिक्षण सुरु गरेका थिए । खेलाडी र प्रशिक्षक दुवै भूमिकामा २२ वर्षअघि एनआरटीको प्रशिक्षणमा सम्हालेका शाक्यले बीचमा अरु धेरै क्लबको प्रशिक्षण पनि सम्हाले ।
अब विस्तारै प्रशिक्षण जीवनको विट मार्ने क्रममा शाक्य फेरि एनआरटी फर्कने तयारीमा छन् । एनआरटी आबद्ध हुने क्रममा रहेका शाक्य घर फर्कन लागेको अनुभव भइरहेको सुनाउँछन् । ‘एनआरटी त मेरो परिवार हो । १० वर्षभन्दा लामो समय एनआरटीलाई प्रशिक्षण दिइसकेको छु,’ उनले स्मरण गरे, ‘बीचमा केहि समय अन्य क्लबमा गए । अब फेरि एनआरटी जान लागेको छु । खुसी लागेको छ ।’
खेलाडीका रुपमा पनि शाक्यले एनआरटीको जर्सी लगाएका छन् । त्यसअघि अन्नपूर्ण क्लब र फ्रेन्ड्स क्लबबाट पनि उनले व्यवसायिक फुटबल खेले । सन् १९९७ मा बाट भने उनले एनआरटीमा खेलाडीका साथै प्रशिक्षकको भूमिका निर्वाह गरे । प्रशिक्षणका हिसाबले शाक्य नेपाली प्रशिक्षकमा उत्कृष्ट मध्येका मानिन्छन् । यद्दपी उनले कुनै क्लबलाई लिग जिताउन सकेका छैनन् ।
खेल जीवनमा देशका लागि स्वर्ण पदक दिलाउन नेपाली टोलीको कप्तानी गरेको शाक्यले नेपाललाई अर्को स्वर्ण पदक दिलाउने समयमा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । सन् १९९३ मा नेपालले तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा शाक्य टोलीको कप्तान थिए ।

त्यहि सागको १२ औं संस्करणमा नेपालले स्वर्ण पदक जित्न शाक्य प्रशिक्षक थिए । यद्दपी, उनी कप्तान हुँदा नेपालको सिनियर टोलीले खेल्थ्यो भने सागको नवौं संस्करणपछि यू २३ टोलीबीच प्रतिस्पर्धा भएको थियो । देशका लागि सफलता दिलाइसकेका शाक्यले क्लबलाई भने सोचे अनुरुपको सफलता दिलाउन सकेका छैनन् ।
६० वर्षे शाक्य भन्छन्, ‘अझै हिम्मत हारेको छैन । अब प्रशिक्षण जीवनको पनि विट मार्ने क्रममा आइपुगेको छु । एक पटक टोलीलाई लिग च्याम्पियन बनाउने सपना अझै छाडेको छैन ।’ एनआरटीपछि केहि समय त्रिभुवन आर्मी क्लब हेरेका शाक्य सन् २०११ मा पुनः एनआरटी फर्केका थिए । त्यसपछि मच्छिन्द्र क्लब, सिएमजी क्लब संकटा, २०७२ मा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब हुँदै शाक्यले पछिल्लो वर्ष च्यासल युथ क्लबको बागडोर सम्हालेका थिए ।
तर, उनले कुनै क्लबमा लिग जिताउन सकेनन् । अबको एनआरटीलाई लिग च्याम्पियन बनाउनुछ । ‘क्लबमा सबै चिज भएर पनि सोचे जस्तो सफलता मिल्छ भन्ने छैन,’ उनले भने, ‘सायद मलाई लिग च्याम्पियनको लागि भाग्यले साथ दिएको छैन कि ? तर पनि मेरो प्रयास अन्त्यसम्म पनि जारी रहन्छ ।’ मंसिर अन्तिमका लागि तय भएको ए डिभिजन लिग आयोजना हुँदा एनआरटीले च्याम्पियन बन्ने लक्ष्यका साथ तयारी गरिरहेको बताइएको छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]