6 years ago
September 29, 2019
एजेन्सी – माउरिजियो सारीको युभेन्ट्सले सिरि एमा अपराजित यात्रालाई जारी राखेको छ । युभेन्ट्सले शनिबार स्पाललाई २–० ले हराउँदा क्रिस्टियानो रोनल्डोले गोल गरेका छन् ।

मिरालिम प्ययानिचले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पाउलो डिबेला र रोनाल्डोले दोस्रो हाफमा गोल गर्ने मौका पाएका थिए । तर, सफल भएनन् ।
अन्तत : डिबेलाको सहयोगमा रोनाल्डोले खेल सकिन १२ मिनेट अघि गोल गरेका थिए । अर्जेन्टिनी फरवार्ड डिबालाको सहयोगमा रोनाल्डोले हेड गोल गरेका थिए । चोटका कारण पछिल्लो खेल विश्राम लिएका रोनाल्डो पूरै समय खेलेका थिए ।

६ खेलमा ५ जित र १ बराबरी खेलेको युभेन्ट्सको १६ अंक छ र टोली दोस्रो स्थानमा छ । ६ खेलमा सबै जितेको इन्टर मिलान १८ अंकका साथ शीर्षस्थानमा छ । स्पाल ३ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]