default_image

6 years ago

September 29, 2019

म्याड्रिड डर्वी गोलरहित बराबरी

153 views

0 Bookmark

एजेन्सी – स्पेनीस ला लिगाको म्याड्रिड डर्वी गोलरहित बराबरीमा सकिएको छ । रियाल म्याड्रिडले घरेलु टोली एट्लेटिको म्याड्रिडलाई दवावमा राखेपनि गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

वान्डो मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका खेर फाल्दा बराबरीमा रोकिन पुगेको हो ।
खेलको आठौं मिनेटमा डिएगो कोस्टाको पासमा युवा जोआओ फेलिक्सको प्रहार फितलो बनेको थियो ।

१८औं मिनेटमा नाचो फर्नान्डेजको पासमा ग्यारेथ बेलको प्रहार क्रसबारबाट थोरै बाहिरिदा रियालले खेलमा अग्रता लिनबाट चुकेको थियो । ३०औं मिनेटमा किरियन ट्रिपिएरको प्रहारले गोलरक्षक थिवाउट कोर्टुवाले बचाए ।

३८औं मिनेटमा जान ओब्लाकले टोनी क्रुसको प्रहार विफल पारिदिए । ४०औं मिनेटमा ओब्लाकले क्रुसकै प्रहार विफल पारिदिए । ४४औं मिनेटमा ट्रिपिएरको प्रहारलाई कोर्टुवाले जोगाउदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

४९औं मिनेटमा डिएगो कोस्टाको प्रहारलाई कोर्टुवाले बचाए । ५५औं मिनेटमा रोनन लोडी विट भइसकेकै अवस्थामा करिम बेन्जिमाले गोल गर्न सकेनन् । लगत्तै बेलले गोलको मौकालाई सदुपयोग गर्न सकेन ।

७२औं र ७५औं मिनेटमा एट्लेटिकोका गोलरक्षक ओब्लाकले दुई सम्भावित गोललाई विफल पारिदिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल गोलरहित बराबरीमा सकियो ।

बराबरीसँगै अपराजित रहेको रियाल सात खेलमा १५ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । दोस्रो स्थानमा रहेको ग्रानडाको १५ अंक छ । समान १४ अंकरहेपनि एट्लेटिको तेस्रो स्थानमा छ । १३ अंकसहति बार्सिलोना चौथे स्थानमा छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.