6 years ago
September 29, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले एभर्टनलाई उसैको मैदानमा ३–१ ले पराजित गरेको हो ।
सिटीलाई जिताउन ग्राबियल जेसस, रियाद महारेज र रहिम स्ट्रलिङले गोल गरे । घरेलु टोलीका डोमिनिक लेविनले एक गोल फर्काए । गुडिसन पार्कमा शनिबार राति भएको खेलको २४ औं मिनेटमा जिससको गोलबाट सिटीले शुरुवाती अग्रता लिएको थियो । ३३औं मिनेटमा लेविनले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याएका थिए ।
दोस्रो हाफमा सिटीले थप दुई गोल गर्दै जित पक्का गरे । ७१ औं मिनेटमा महारेजले गोल गर्दै सिटीलाई खेलमा २–१ ल्े अघि बढाए । ८४औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए ।
जितसँगै सिटीले लिग लिडर लिभरपुलसँगको अंक दुरी छोट्याएको छ । दोस्रो स्थानको सिटीको ७ खेलबाट १६ अंक रहेको छ । सिटी लिभरपुल भन्दा ५ अंकले पछि छ । अपराजित लिभरपुलको २१ अंक छ । एभर्टन ७ खेलमा ७ अंक जोडेर १५औं स्थानमा छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]