default_image

6 years ago

September 29, 2019

बायर्नको कठिन जित, डर्टमन्ड रोकियो

126 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेस लिगामा साविकको विजेता बायर्न म्युनिखले कठिन जित दर्ता गर्दा बोरुसिया डर्टमन्ड बराबरीमा रोकिएको छ । बायर्नले घरेलु टोली पाडेरबर्नलाई ३–२ ले पराजित गर्दा डर्टमन्ड वेर्डेर ब्रेमेनसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

निकै नै प्रतिस्पर्धात्मक खेलमा बायर्नको जितमा सर्जी जिनाब्री, फिलिपे कौटिन्हो र रोवर्ट लेवान्डोस्कीले गोल गरे । घरेलु टोलीका केइ प्रोगर र जमिलु कोलिन्सले गोल गरे ।

खेलको १५औं मिनेटमा सर्जी जिनाब्रीको गोलबाट बायर्न खेलमा अघि बढेको थियो । ५५औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ६८औं मिनेटमा केइ प्रोगरले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिए । तर, ७९औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३–२ को रोमाञ्चक जित दिलाए ।

जितसँगै बायर्न शीर्षस्थानमा उक्लिएको छ । बायर्नको ६ खेलबाट १४ अंक छ । दोस्रो स्थानको आरबी लेइप्लिजको १३ अंक छ । लेइप्लिज साल्केसँग ३–१ ले पराजित भएको थियो । पराजित पोडेरवर्न १ अंकसहित पुछारमा छ ।

अर्काे खेलमा बोरुसिया डर्टमन्डका मारियो गोट्जे र मार्काे रिउसले गोल गरे । वेर्डेर ब्रेमेनका मिलोट रासिचा र मार्काे फ्रेइडले गोल गरे ।
सातौ मिनेटमा ब्रेमेनले मिलोटको गोलबाट अग्रता लिएको थियो । नवौं मिनेटमा मारियो गोट्जेले बराबरी गोल फर्काए । ४१औं मिनेटमा मार्काे रिउसले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

५५औं मिनेटमा मार्काेले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।
बराबरीसँगै डर्टमन्ड ११ अंक जोडेर सातौ स्थानमा रहँदा ब्रेमेन ७ अंकसहति १०औं स्थानमा छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.