default_image

6 years ago

September 29, 2019

भारत पहिलोपटक साफ यू-१८ च्याम्पियन

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मुलका रवी बहादुर रानाले इन्ज्युरी समयमा गरेको गोलसँगै भारत पहिलो पटक साफ यू-१८ च्याम्पियनसिपको उपाधि उचाल्न सफल भएको छ ।

आइतबार एपीएफस्थित हल्चोक रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा भारतले बंगलादेशलाई २-१ ले पराजित गर्यो । खलेको दोस्रो मिनेटमा नै भारतले अग्रता बनाएको थियो । विक्रम सिंहले वन भर्सेस वनमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । खेलको २३ औं मिनेटमा दुवै टोलीका १-१ खेलाडीले रातो कार्ड पाएका थिए ।

भारतका गोलकर्ता विक्रमलाई मैदानको मध्यभागमा फल गरेपछि दुवै टोलीका खेलाडी एकआपसमा भनाभनमा उत्रिए । त्यसक्रममा एक अर्कामाथि हातपात गर्न खोजेका भारत का गुर्किरत सिंह र बंगलादेशका मोहमद रिदोयलाई रेफ्री कविन ब्यन्जनकारले रातो कार्ड देखाए ।

बंगलादेशले खेलको ४० औं मिनेटमा बराबरी गोल फर्कायो । कप्तान यासिन अराफातले गोल गरेपनि उनको खुसी लामो समय टिकेन । गोलको खुसियाली मनाउने क्रममा जर्सी टाउकोभन्दा माथि उठाएपछि रेफ्री ब्यन्जनकारले उनलाई दोस्रो पहेंलो कार्ड देखाएका थिए ।

दोस्रो हाफमा ९ खेलाडी रहेको बंगलादेशले १० खेलाडी सम्मिलित भारतको आक्रमणलाई लगातार विफल पार्यो । काउन्टर अट्याकमा केहि अवसर पाएपनि बंगलादेशले त्यसको सदुपयोग गर्न सकेन । खेलको अन्तिम मिनेटमा रवीले लामो दुरीबाट गरेको प्रहार गोलमा परिणत भएपछि भारत च्याम्पियन बनेको हो । खेल अवधिभर नेपालका फिफा रेफ्री व्यन्जनकारले ११ पहेंलो कार्ड र ३ रातो कार्ड देखाएका थिए ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.