6 years ago
September 30, 2019
एजेन्सी – स्पेनिस ला लिगामा सेभिल्लाले रियल सोसिडाडमाथि कठिन जित निकालेको छ । घरेलु टोली सेभिल्लाले रियल सोसिडाडमाथि ३–२ को कठिन जित निकालेको हो ।
आइतबार राति भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा मिकेल ओएरजावालको गोलको पाहुना टोलीको खेलको चौथो मिनेटमा नै शुरुवाती अग्रता लिएको थियो । तर, पाहुना टोलीको त्यो अग्रता लामो समय टिकेन । १८औं मिनेटमा घरेलु टोलीका नोलिटोले गोल गरेपछि पहिला हाफमा १–१ गोलको बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको शुरुमै ओकाम्पसले गोल गर्दै घरेलु टोलीलाई खेलमा २–१ को अग्रता दिलाए । ८०औं मिनेटमा फ्रान्को भास्क्वेजले गोल गरेपछि सेभिल्ला जिततर्फ अग्रसर बनेको थियो । ८७औं मिनेटमा क्रिस्टियन पोर्टुले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएका थिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा सेभिल्ला विजयी हुन सफल भयो ।
जितसँगै सेभिल्ला ७ खेलबाट १३ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । समान १३ अंक नै रहेपनि पराजित सोसिडाड गोल अन्तरमा पाँचौ स्थानमा छ । रियाल म्याड्रिड १५ अंकसहति शीर्षस्थानमा रहेको छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]