6 years ago
September 30, 2019
एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग आफ्नो सम्बन्ध राम्रो रहेको र क्लबका लागि ज्यानै दिन तयार रहेको अभिव्यक्ति दिएका छन् ।

पीएसजीका लागि पछिल्ला ४ लिग खेलमध्य ३ खेलमा निर्णायक गोल गरेका नेयमार सिजनको सुरुवातमा बार्सिलोना जाने हल्ला चलेको थियो । नेयमारकै आग्रहमा बार्सिलोनाले औपचारिक प्रस्ताव पनि राखेको थियो, तर पीएसजीले उक्त प्रस्ताव स्वीकार गरेन । नेयमार आफैंले सार्वजनिक रुपमा नै क्लब छाड्ने मनासय पोखेपछि पीएसजीका समर्थक उनीसँग रुष्ट देखिएका थिए ।
तर नेयमारले भने समर्थकसँगको सम्बन्ध बिस्तारै सुध्रिने विश्वास व्यक्त गरेका छन् । बोर्डोविरुद्ध खेलको निर्णायक गोल गरेपछि बोल्दै नेयामारले भने, ‘ म पीएसजीको जितमा सहयोग गर्न पाउँदा खुसी छु । समर्थकहरु यसक्रममा साथमा रहँदा झनै राम्रो हुन्छ । म क्लबका लागि आफ्नो ज्यान दिन तयार छु । यो मेरो टोली हो र मेरो लक्ष्य यस क्लबलाई सहयोग गर्नु र लगातार गोल गर्नु नै हो ।’

नेयमारले समर्थकसँगको सम्बन्धलाई आफ्नो प्रेमिकासँगको सम्बन्ध जस्तै भनेर दाँजेका छन् । ‘समर्थकसँग मेरो सम्बन्ध भनेको प्रेमिकासँग जस्तै हो । जब समस्या पर्छ दुवै एकआपसमा बोल्दैनौं । तर जब बोल्न थाल्छौं, सबै कुरा सामान्य भइहाल्छ,’ नेयमारले भने ।
नेयामारले एमबाप्पे चोटबाट फर्केपछि टोलीलाई थप सहज हुने बताए । ‘ठूला खेलमा निर्णायक गोलको महत्त्व बेग्लै हुन्छ । मेरो काम त्यहि नै हो । अब किलियन आएपछि झन् सहज हुन्छ । उनी निकै मिहिनेती खेलाडी हुन् र उनको खेल्ने शैलीले टोलीलाई सहयोग पुग्नेछ,’ नेयमारले थपे ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]