6 years ago
September 30, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले न्यु क्यासल युनाइटेडमाथि शानदार जित निकालेको छ । घरेलु टोली लेस्टरले १० खेलाडीमा समेटिएको न्यु क्यासलमाथि ५–० को शानदार जित निकालेको हो ।
किङ पावर स्टेडियममा आइतबार राति भएको खेलमा लेस्टरको जितमा जेमी भार्डीले दुई तथा रिकार्डाे पिरेरा र एलडिडिले गोल गरे । एक गोल उपहार पाएको थियो ।
खेलको १६औं मिनेटमा रिकार्डाेले गोल गर्दै लेस्टरलाई अग्रता दिलाए । ४३औं मिनेटमा न्यु क्यास्टल १० खेलाडीमा समेटियो । इसाक हेडनले डेनिस प्राइटलाई फल गरेपछि रेफ्रीले सोझै रातो काड देखाउदै मैदान बाहिर पठाएका थिए ।
त्यसको फाइदा लेस्टर सिटीले दोस्रो हाफमा उठायो । ५४औं मिनेटमा जेमी भार्डीले गोल गर्दै अग्रता दोब्बर पारे । ५७औं मिनेटमा पउल डुम्मिटले आत्मघाती गोल गरेपछि लेस्टरले ३–० ले अग्रता दिलाए ।
६४औं मिनेटमा भार्डीले व्यक्तिगत दोस्रो गोल गरेपछि लेस्टले खेलमा ४–० को आरामदायी अग्रता बनायो । ९०औं मिनेटमा वेलफ्रेड एलडिडिले गोल गर्दै लेस्टरलाई ५–० को फराकिलो जित दिलाए ।
जितसँगै लेस्टर ७ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । न्यु क्यास्टल ५ अंक जोडेर १९औं स्थानमा छ । अपराजित लिभरपुल २१ अंक जोडेर शीर्षस्थानमा रहँदा म्यानचेस्टर सिटी १६ अंकसहित दोस्रो स्थानमा छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]