6 years ago
September 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अस्ट्रेलियासँग विश्व कप छनोट खेल्नु एक साताअघि नै नेपाली राष्ट्रिय फुटबल टोली त्यहाँ पुग्ने भएको छ । नेपाली टोली बुधबार अस्ट्रेलिया जाने तयारीमा रहेको व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए । यद्दपी टोलीको भिसा भने आउन बाँकी रहेको बताइएको छ । मंगलबार भिसा आउने अपेक्षा गरिएको छ र त्यसअनुसार नै टोलीको बिदाइ कार्यक्रम पनि रहेको छ ।

नेपाली टोलीले सिड्नीस्थित प्राइभेट फुटबल एकेडेमीमा केहि दिन प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ । असोज २३ गते नेपाल र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । क्यानबेरामा हुने खेलका लागि नेपाली दुई दुई दिनअघि सिड्नीबाट त्यसतर्फ जाने उपाध्यायले बताए । सिड्नीमा अस्ट्रेलियन नेपाली फुटबल संघको व्यवस्थापनमा नेपाली टोली बस्नेछ । अस्ट्रेलियासँग खेलको भोलिपल्ट असोज २४ गते नेपाली टोली जोर्डन प्रस्थान गर्नेछ । नेपाल र जोडर्नबीच असोज २८ गते खेल हुनेछ । त्यसपछि नेपाली टोली स्वदेश फर्कनेछ ।
प्रशिक्षक योहान कालिनले यसपटक टोलीमा धेरै हेरफेर गर्ने छैनन् । उनले प्रशिक्षणमा पनि जम्मा २६ खेलाडीलाई संलग्न गराएका छन् । त्यसमध्य ३ खेलाडी विदेशमा रहेर खेलेका छन् । गोलरक्षक किरण चेम्जोङसँगै विमल घर्तिमगर र रोहित चन्द प्रशिक्षणमा सामेल छैनन् । प्रशिक्षक कालिनले विराज महर्जन, भरत खवास लगायत पछिल्लो पटक छनोटबाट बाहिरिएका खेलाडीलाई फिर्ता बोलाएका थिएनन् । पछिल्लो खेल गुमाएका अजित भण्डारी र नवयुग श्रेष्ठ टोलीमा फर्किएका छन् र सम्भवत: अष्ट्रेलिया प्रस्थान गर्ने टोलीमा सामेल हुनेछन् ।

एसियाको विश्व कप छनोटको समूह बीमा ५ मध्ये ४ टोली कुवेत, अस्ट्रेलिया, जोर्डन र नेपालको समान ३ अंक छ भने चाइनिज ताइपेइ अंक विहिन छ । गत महिना पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद हार बेहोरेको नेपालले अर्को खेलमा चाइनिज ताइपेलाई २–० ले उसैको मैदानमा हराएको थियो ।
चाइनिज ताइपे पहिलो खेलमा जोर्डनसँग २–१ ले पराजित भएको थियो । त्यस्तै अस्ट्रेलियाले कुवेतलाई ३–० ले हराएको थियो । अस्ट्रेलिया र जोर्डनले १ खेले खेलका छन् भने बाँकी ३ टोलीले समान २ खेल खेलिसकेका छन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]