6 years ago
October 1, 2019
एजेन्सी – रियल म्याड्रिडका फरवार्ड इडन हाजार्डले आफु पूर्ण रुपमा फिट भएको र उच्च प्रदर्शनका लागि तयार रहेको बताएका छन् । चेल्सीबाट यसै सिजन १ सय ३० मिलियन पाउन्डमा रियल पुगेका बेल्जियन स्टारले सोचे अनुरुपको प्रदर्शन गर्न सकेका छैनन् । जसको एउटा मुख्य कारण चोट रहेको छ ।
साताको अन्त्यमा मड्रिड डर्बीमा उनले राम्रो प्रदर्शन गर्न सकेनन् । उनले खेलमा प्रभाव छाड्न सकेनन् । क्लब ब्रुगविरुद्ध मंगलबार हुने च्याम्पियन्स लिगको समूह चरणमा उनी आफुले राम्रो प्रदर्शन गर्नेमा आशावादी छन् । रियलले यसपटक च्याम्पियन्स लिग अन्तर्गत पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग लज्जास्पद हार बेहोरेको थियो ।
प्रशिक्षक जिनेदिन जिदानसँग प्रि म्याच कन्फ्रेन्सनमा उपस्थित भएका हाजार्डले आलोचनाले आफुलाई खासै फरक नपर्ने बताएका छन् । ‘ अहिले म ठिक छु । यो सहि हो मबाट समर्थकले धेरै आशा राख्नु भएको छ । व्यक्तिगत रुपमा म पनि यो भन्दा राम्रो गर्न सक्छु भन्ने लाग्छ,’ उनले भने,‘ हो स्वभाविक रुपमा सोचे अनुरुप नखेल्दा ओलोचना हुन्छ । अहिले सबै चिज सोचे जस्तो भएको छैन । अब म शतप्रतिशत ठिक छु । आउने खेलमा म राम्रो गर्नेमा आशावादी छु ।’

आफ्नो स्तरलाई प्रमाणित गर्नुपर्नेमा सचेत रहेको उल्लेख गर्दै उनले थपे, ‘ मैले फ्रान्समा बेल्जियमका लागि जस्तो प्रदर्शन गरे । चेल्सीमा जसरी खेले । अब मैले आफुलाई यहाँ प्रमाणित गर्नुपर्ने भइको छ । समर्थकलाई गर्व गर्ने ठाँउ दिनेछु ।’
उच्च अपेक्षाका साथ हाजार्ड रियल पुगेका हुन् । मैले गोल गर्नुपर्नेछ । त्यसले पक्कै राम्रो हुँदै जानेछ, उनले थपे,‘ मलाई नि गोल मिस भइरहेको छ । अब मैले गोल गर्ने र एसिस्ट गर्नुपर्नेछ ।’
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]