6 years ago
October 1, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र आसर्नलले बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु टोली म्यानचेस्टरले शुरुवाती अग्रता जोगाउन नसक्दा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
ओल्ड ट्राफोर्डमा सोमबार राति भएको खेलमा युनाइटेडका स्कट म्याकटोमिनेले गोल गरे । आर्सनलका पिएरे इमरिक औवामियाङले बराबरी गोल फर्काए ।
निकै नै प्रतिस्पर्धात्मक खेलमा युनाइटेडका आन्द्रियस पेरेराले खेलको २९औं मिनेटमा पहिलो आक्रमण बुनेको थियो । उनको प्रहार आर्सनलका गोलरक्षक वर्न लेनोले बचाएका थिए । लगत्तै ३१औं मिनेटमा औवामियाङको प्रहार क्रसबारबाट थोरै बाहिरिएको थियो ।
३५औं मिनेटमा आर्सनलका बुकायो साकाको पासमा निकोलस पेपेको प्रहार गोलरक्षक डेभिड डे गियाले सहजै बचाए । ४४औं मिनेटमा बुकायो साकाको प्रहारलाई गोलरक्षक गियाले बचाएपनि रिवाउन्डमा माटियो गुयनडोजीको प्रहार गोलरक्षकले बचाइदिदा आर्सनल अग्रता लिनबाट चुकेको थियो ।
लगत्तै ४५औं मिनेटमा स्कट म्याकटोमिनले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । स्कटले मार्कस रासफोर्डको पासमा गोल गरेका थिए । ५२औं मिनेटमा लुकास टोरेराले बराबरीको मौका खेर फाल्यो । ५८औं मिनेटमा औवामियाङले बराबरी गोल फर्काए ।
साकाको पासमा औवामियाङले गोल गरेपनि सहायक रेफ्रीले औवामियाङ अफसाइड रहेको बताएपनि भिएआरको सहायतामा उनको गोलले मान्यता पाएको थियो । ६०औं मिनेटमा पल पोग्वाले अवसर खेर फाल्दा युनाइटेडले खेलमा अग्रता लिनबाट चुक्यो ।
७०औं मिनेटमा म्याकटोमिनले अर्काे मौका खेर फाल्यो । ७३औं मिनेटमा ह्यारी मागुइरेसको प्रहार गोलरक्षक वर्न लेनाले बचाए । इन्ज्युरी समयमा युनाइटेडले दुई मौका खेर फाल्दा घरेलु टोली युनाइटेडले आसर्ननलसँग १–१ को बराबरी खेल्दै अंक बाड्न बाध्य बन्यो ।
बराबरीसँगै युनाइटेड ७ खेलबाट ९ अंक जोडेर १०औं स्थानमा रहेको छ । आर्सनल समान ७ खेलबाटै १२ अंक जोडेर चौथो स्थानमा रहेको छ । अपराजित लिभरपुल २१ अंकसहित शीर्षस्थानमा रहँदा म्यानचेस्टर सिटी १६ अंक जोडेर दोस्रो स्थानमा तथा लेस्टर सिटी १४ अंक जोडेर तेस्रो स्थानमा छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]