6 years ago
October 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२२ कतारको दोस्रो चरण छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलमा अष्ट्रेलियाको सामना गर्दैछ । असोज २३ गते हुने खेलका लागि प्रशिक्षक योहान कालिनले पछिल्लो खेलबाट २ खेलाडी परिवर्तन गरेका छन् ।

चोटका कारण चाइनिज ताइपेइविरुद्ध खेल गुमाएका अजित भण्डारी र फरवार्ड नवयुग श्रेष्ठ टोलीमा फर्किएका छन् । यसअघि पहिलो खेलमा कुवेतविरुद्धको २३ खेलाडी नै अष्ट्रेलिया प्रस्थान गर्नेछन् । ताइपेइविरुद्ध विमल राना र रवी सिलवाल प्रस्थान गर्ने भनेपनि रवी भिसा नआएका कारण नेपालमा नै रहेका थिए । यसपटक प्रशिक्षक कालिनले कप्तान विराज महर्जन, भरत खवास लगायत खेलाडीलाई प्रशिक्षणमा नै समावेश गरेका थिएनन् ।
नेपालले असोज २३ मा अष्ट्रेलियासँग खेलेपछि चौथो तथा अन्तिम अवे खेलमा असोज २८ गते जोर्डनको सामना गर्नेछ । जोर्डनविरुद्ध खेलका लागि पनि सम्भवत यहि नै अन्तिम टोली हुनेछ । टोली अष्ट्रेलियाबाट नै जोर्डन प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नेपाली टोली बुधबार अष्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम छ । टोलीले एक साता सिड्नीमा रहेर प्रशिक्षण गर्नेछ । खेलको दुई दिनअघि मात्र टोली खेलस्थल क्यानबेरा प्रस्थान गर्नेछ । सिड्नीमा नेपाली टोलीको व्यवस्थापन अष्ट्रेलिया नेपाल फुटबल संघले गरेको छ ।
नेपालले छनोटको पहिलो खेलमा कुवेतसँग ७-० को लज्जास्पद हार बेहोरेपछि दोस्रो खेलमा ताइपेइलाई उसकै मैदानमा २-० ले पराजित गरेको थियो । उक्त खेलमा नेपालका लागि दुवै गोल अन्जन विष्टले गरेका थिए । नेपालले यी २ खेलपछि छनोटमा बाँकी रहेका चारै खेल घरेलु मैदानमा खेल्ने कार्यक्रम रहेको छ ।
नेपाली टोली :
गोलकिपर – किरण चेम्जोङ (कप्तान), विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्स – सरोज दाहाल, अजित भण्डारी, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्ड – रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
फरवार्ड – विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]